गोघाटमा वाम मोर्चा र भाजपा कार्यकर्ताहरूबीच राजनीतिक झड़प
गोघाटमा वाम मोर्चा र भाजपा कार्यकर्ताहरूबीच राजनीतिक झड़प


हुगली, 12 अप्रेल (हि.स.)। जति-जति चुनाउ नजिकिँदै जाँदैछ, उति-उति राज्यका विभिन्न भागहरूमा राजनीतिक तनाउ निरन्तर बढ़्द गइरहेको छ। यसै क्रममा आइतवार गोघाट-एक ब्लकको नकुण्डा ग्राम पञ्चायतको हाटतला क्षेत्रमा अत्यन्त तनाउपूर्ण स्थिति देख्न पाइयो जसबाट राजनीतिक पारा झन् माथि चढ़ेको छ।

स्थानीय सूत्र अनुसार पूर्व निर्धारित कार्यक्रम अन्तर्गत वाम मोर्चाका कार्यकर्ता एवं समर्थकहरू क्षेत्रमा प्रचार गर्नका लागि आएका थिए। यसै अवधि भाजपा कार्यकर्ता र समर्थकहरू पनि सोही ठाउँमा पुगे। त्यसपछि हेर्दा-हेर्दै दुवै पक्षले नाराबाजी गर्न शुरू गरे।

एकातिर ‘इनकलाब जिन्दाबाद’- को नारा गुञ्जिन थाल्यो भने अर्कोतिर ‘जय श्री राम’ -का नारहरूले सम्पूर्ण क्षेत्र गुञ्जयमान भयो। तनाउ बढ़ेर यहाँसम्म पुग्यो कि हाटतला क्षेत्र मानौं रणक्षेत्र हो। अचानक भएको यस तनाउको कारणले स्थानीय मानिसहरू तथा व्यापारीहरू पनि भयभित भए।

वाम नेतृत्वले आरोप लगायो, उनीहरूले पहिला नै प्रशासनबाट अनुमति लिएका थिए। यस्तो स्थितिमा सोही समयमा सोही स्थानमा अर्को दललाई आउने अनुमति कसरी दिइयो, यसमाथि उनीहरूले रोष व्यक्त गर्दै यसलाई प्रशासनिक लापरवाही बताए।

यता भाजपा नेतृत्वले उक्त आरोपलाई पूर्ण रूपले खारेज गर्दै भन्यो, उनीहरूले पनि नियमानुसार पहिला नै प्रचारको निम्ति अनुमति लिएका थिए। उनीहरूको भनाइ छ, वाम मोर्चाले अनावश्यक विवाद उत्पन्न गरेर राजनीतिक लाभ उठाउने प्रयास गरिरहेको छ।

अन्ततः स्थानीय प्रशासनले हस्तक्षेप गरेपछि स्थिति नियन्त्रित भयो। तथापि दुवै पक्षका उम्मेद्वारहरूले अन्तमा सौहार्दलाई कायम राख्दै एका-अर्कासित हात मिलाए। तर एउटै ठाउँदै एकै समयमा दुई वटा दलको कार्यक्रमलाई लिएर प्रशासनिक समन्वयमाथि प्रश्न उठिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande