
- श्रमिक आमाहरूका समस्या समाधानका लागि परिवर्तन हुनुपर्छ: बन्दना राई
खरसाङ, 12 अप्रेल (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट द्वारा (आईजीजेएफ) ले आज खरसाङमा राज्य सरकारद्वारा प्रदान गरिने भनिएको 5 डेसिमल जमीनको नोटिफिकेसन जलाएको छ। आइतवार खरसाङमा आईजीजेएफद्वारा आयोजित एक चुनावी ऱ्यालीको क्रममा टुरिस्ट लजदेखि केही मुन्तिर बाटोमै अधिसूचना जलाइयो। यस अवसरमा पार्टी केन्द्रिय संयोजक अजय एडवर्ड्स र खरसाङकी उम्मेदवार बन्दना राई पनि उपस्थित थिए।
आईजीजेएफका अनुसार, हामीलाई 5 डेसिमल जमीन चाहिॅंदैन। 30 प्रतिशत जमीन उद्योगपतिहरुलाई दिने छैनौं। 5 डेसिमल जमीनको अधिसूचनालाई गोर्खा जातिले खारेज गरिसकेको छ।
यस अघि चुनावी पथ सभालाई सम्बोधन गर्दै बन्दना राईले भनिन्, 'खरसाङ शिक्षाको केन्द्र हो। तर, खरसाङमा नानीहरुका लागि फुटबल खेल्ने खेल मैदान पनि छैन। हाम्रो क्षेत्रको विकासका कार्यहरु केवल बाहिरकाहरुलाई दिन्छौँ, तर हिजो उदघाटन गरिएको पुलमा बाहिरको कसैको आवश्यकता परेन। अब भ्रष्टाचार गर्नेहरुलाई छोड्नु हुँदैन। खरसाङ महकुमा अस्पतालको अवस्था अहिले अस्त व्यस्त छ। यसको परिवर्तन आवश्यक छ।'
उनले अघि भनिन्, 'नारी शक्तिलाई पहाड चलाउने मौका दिनुपर्छ। यसपाली आईजीजेएफले एकजना नारीलाई मौका दिएको छ। यस कारण सबैले जिताउनु पर्छ।' उनले भनिन्, 'परिवर्तन सबैतिर आवश्यक छ। परिवर्तन गाउँ बस्ती र कमानतिर पनि हुनुपर्छ। श्रमिक आमाका समस्याहरु समाधानको लागि परिवर्तन हुनुपर्छ। श्रमिक आमाको निम्नतम रोजगारको लागि परिवर्तन हुनुपर्छ। आमाहरुको अधिकारको लागि पनि परिवर्तन आवश्यक छ।'
हिन्दुस्थान समाचार / हनोक