
हुगली, 12 अप्रेल (हि.स.)। विधानसभा चुनाउको मुखैमा खानाकुलको राजनीतिमा एउटा महत्वपूर्ण मोड़ आएको छ। तृणमूल कंग्रेसका पूर्व छात्र नेता अलोक धावाले पार्टी छोड़ेर भारतीय जनता पार्टी (भाजपा)- को झण्डा समातेका छन्। गए शनिवार राती खानाकुलस्थित भाजपा कार्यालयमा आयोजित एक कार्यक्रममा भाजपा उम्मेद्वार सुशान्त घोषले उनलाई पार्टीको झण्डा प्रदान गरी औपचारिक रूपमा सामेल गराए।
जानकारी अनुसार पछिल्लो लामो समयदेखिकै तृणमूलको छात्र राजनीतिसित जोँड़िदै आएका अलोक धावाले पार्टी नेतृत्वप्रति असन्तुष्ट रहेको कारणले यो फसेला लिएका हुन्। भाजपामा सामेल भएपछि उनले भने, क्षेत्रको विकास र नयाँ राजनीतिक दिशा दिने उद्देश्यले उनले यो कदम उठाएका हुन्।
यता भाजपा उम्मेद्वार सुशान्त घोषले उनलाई स्वागत गर्दै भने, “अलोक धावा जस्ता युवा नेता पार्टीमा सामेल हुनाले हाम्रो संगठनलाई अझ मजबुत बनाउनेछ।” उनले यो पनि दाबी गरे, चुनाउअघि यसरी सामेल हुने घटनाले सर्वसाधारण मानिसहरू तथा कार्यकर्ताहरू परिवर्तनको पक्षमा रहेको कुरा दर्शाउँछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा