
कोलकाता, 12 अप्रेल (हि.स.)। “रक्तदान नै जीवनदान हो” — यसै मूलमन्त्रलाई आधार बनाएर आइतवार दक्षिण कोलकाताको लेक गार्डन्स क्षेत्रमा पूर्वाञ्चल जनकल्याण समितिको पहलमा आम नागरिकहरूको लागि रक्तदान शिविरको आयोजन गरियो। शिविरको किया गया। दीप प्रज्जवलन गरी आरम्भ गरिएको उक्त शिविरमा पूर्वाञ्चल जनकल्याण समितिका अध्यक्ष ललित तोदी तथा वरिष्ठ सदस्य मोहनलाल टिब्रेवाल उपस्थित थिए। कार्यक्रममा पवन कुमार, सुजाता देसाई सहित समितिका अन्य सदस्यहरू पनि उपस्थित थिए। शिविरमा आएका प्रत्येक रक्तदाताको रक्तदानपूर्व प्राथमिक स्वास्थ्य परीक्षण गरियो।
यस अवसरमा पूर्वाञ्चल जनकल्याण समितिका सदस्य पवन कुमारले बताए, अहिलेसम्ममा लगभग 70 जना मानिसहरूले रक्तदानको लागि आफ्नो नाम द र्ता गराएका छन्। उनको भनाइ छ, दिन बढ़्दै गएपछि यो संख्या पनि बढ़्नसक्छ।
रक्तदान शिविर आयोजना गर्नुकौ औचित्यमाथि प्रकाश पार्दै उनले बताए, यस वर्ष अप्रेल-मई महिनामा चुनाउ भइरहेको कारणले विभिन्न क्लब अनि सामाजिक संगठनहरूको ध्यान चुनावी गतिविधिहरूमा केन्द्रित भएको छ फलस्वरूप रक्तदान शिविर जस्तो सामाजिक कार्य केही हदसम्म पछाड़िएको छ।
यस अतिरिक्त सामान्यतः टोलहरूमा आयोजना हुने अधिकांश रक्तदान शिविर स्वतन्त्रता दिवस र गणतन्त्र दिवस जस्तो विशेष अवसरहरूलाई केन्द्रमा राखेर गरिन्छ।त्यसैले प्रत्येक वर्ष अप्रेल-मई महिनामा शहरका अस्पतालहरूमा रगतको अभाव देखिन्छ। यसै स्थितिलाई ध्यानमा राखेर यो शिविर आयोजना गरिएको हो।
पवन कुमारले अझ भने, यस वर्ष एम.आर. बांगुर अस्पतालको पक्षबाट उनीहरूको संगठनलाई रक्तदान शिविर आयोजना गर्ने अनुरोध गरिएको थियो। संगठनले भविष्यमा पनि यस किसिमको जनकल्याणकारी कार्यक्रमहरू आयोजना गर्ने प्रयास गरिरहनेछ।
उनले यो पनि बताए, यसपालि शिविरको विशेष आकर्षण यो रह्यो कि संस्थासित जोड़िएको मेडिकलका विद्यार्थीहरूले स्वेच्छाले यस सेवाकार्यमा सामेल भए अनि मानव सेवाको यस अभियानमा सक्रिय योगदान दिए।
जनाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा