मुख्यमन्त्री तामाङले श्री महाकाल मन्दिरमा पूजा अर्चना गरे
PS Tamang in Mahakal mandir


गान्तोक, 12 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आइतबार दार्जिलिङस्थित श्री महाकाल मन्दिरको भ्रमण गरी पूजा अर्चना गरे।

मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा विभिन्न आस्थाहरूको समन्वय र विविधतामा एकताको स्थायी भावनालाई प्रतिनिधित्व गर्ने एक पूजनीय स्थल श्री महाकाल मन्दिरको भ्रमण गर्ने सौभाग्य प्राप्त भएको उल्लेख गरेका छन्। उनले मन्दिरको पवित्र र शान्त वातावरणमा सिक्किमका जनताको तर्फबाट प्रार्थना अर्पण गरी शान्ति, समृद्धि तथा राज्यको निरन्तर कल्याणको लागि दिव्य आशीर्वादको कामना गरे।

मुख्यमन्त्रीले यस पवित्र धाममा अवस्थित दिव्य कृपाले हामी सबैलाई सद्भाव, करुणा र सामूहिक प्रगतितर्फ मार्गदर्शन एवं यसको पवित्रताले प्रत्येक हृदयमा आशा र आध्यात्मिक शक्तिलाई प्रेरित गरोस् भनी प्रार्थना गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande