मणिपुर : पुलिसको अभियानमा धेरै वटा बंकरलाई नष्ट गरियो, ड्रग्स र हतियार जफत
मणिपुर : पुलिसको अभियानमा धेरै वटा बंकरलाई नष्ट गरियो, ड्रग्स र हतियार जफत


इम्फाल, 12 अप्रेल (हि.स.)। मणिपुर पुलिस र सुरक्षा बलहरूद्वारा सम्पूर्ण क्षेत्रमा निरन्तर खोजी अभियान संचालन गरिँदैछ। गत 10 र 11 अप्रेलको दिन राज्यभरि नै अपरेशनहरू संचालन गरियो जसावधि बंकरहरूलाई नष्ट गरिनको साथै हतियार अनि विस्फोटकहरू पनि जफ गरियो। यस अतिरिक्त दुई भिन्न मामिलामा दुईजना मानिसहरूलाई पक्राउ गरियो।

मणिपुर पुलिस मुख्यालयले आइतवार जारी आधिकारिक बयानमा बताएको छ, गए 11 अप्रेलको दिन उखरूल जिल्लाको लिटन पुलिस स्टेशन अन्तर्गत सिकिबंगमा 14 वटा बंकर, मोंगकोट चेपु गाउँमा 7 वटा बंकरहरूलाई नष्ट गरियो। यी क्षेत्रबाट एघार वटा खाली म्यागजिन पनि जफत गरियो। यसरी नै गत 10 अप्रेलको दिन पुलिसले चुराचाँदपुर ज़िल्लाको वेंगनुआम सिंगनैटका दुईजना बासिन्दाहरूलाई बेहियांग पुलिस स्टेशन अन्तर्गत हियांगतान गाउँबाट पक्राउ गऱ्यो। आरोपीहरूको पहिचान एच. कामतुनमुंग (50) र पोलियनलाल (49)-को रूपमा भएको छ जोबाट 45 वटा प्लास्टिकको साबुनदानीमा राखिएको ब्राउन शुगर जफत गरिएको छ। साथै एउटा मारुति जिप्सी, दुई वटा मोबाइल फोन र दुई वटा ब्याग पनि जफत गरिएको छ।

गए। 11 अप्रेलको अभियानमा सुरक्षा बलहरूले तेंगनौपाल जिल्लाको मोरेह पुलिस स्टेशन अधिनस्थ माओजांग, लिबुंग, गोमनोम र टी. खोनुनजांगको तिराहे वाले क्षेत्रबाट म्यागजिनसितै दुई वटा 9 एमएमको पिस्तोल र 13 वटा देशी विस्फोटक उपकरण जफत गरेका छन्। विस्फोटकहरूलाई घटनास्थलमै नष्ट गरियो। दुई वटा कम्ब्याट यूनिफर्म, एक जोड़ी जंगल शूज औ एउटा ब्याकप्याक पनि जफत गरियो। पुलिसले बताएको छ, यो अभियान राज्यमा उग्रवाद र अवैध गतिविधिहरूमाथि लगाम कस्नको लागि भइरहेका प्रयासहरूको एक भाग हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande