कल्याणेश्वरी नाकामा लाखौं रुपियाँको अवैध लटरीको टिकट समातियो
कल्याणेश्वरी नाकामा लाखौं रुपियाँको अवैध लटरीको टिकट समातियो


आसनसोल, 12 अप्रेल (हि.स.)। आसनसोल-दुर्गापुर पुलिस कमिश्नरेटले फेरि एकपटक अवैध व्यापारविरूद्ध कारबाही गर्दै अवैघ लटरीको ठूलो खेपलाई जफत गरेको छ।

प्राप्त जानकारी अनुसार गए शनिवार राती सलानपुर थाना क्षेत्रको कल्याणेश्वरी नाका पोइन्टमा झारखण्डको एउट मिनी बसलाई रोकेर जाँच गरियो। जाँचमा पाँच वटा ठूलो बण्डलमा प्रचुर मात्रामा अवैध लटरीको टिकट भेटियो। प्रारम्भिक अनुमानमा यी टिकटहरूको मूल्य लाखौं रुपियाँ हुनसक्छ।

सूत्र अनुसार यी टिकटहरूलाई आसनसोल र वरपरका औद्योगिक क्षेत्रहरूमा बेच्ने योजना थियो। घटनाको अनुसन्धानको क्रममा एक संगठिक गिरोह सक्रिय रहेको थाहा लागेको छ।

भनिन्छ, गुद्दू खान र दीपक तिवारीले झारखण्डबाट अवैध लटरी सप्लाई गर्थे भने पल्टु सिंहले स्थानीय स्तरमा यसलाई वितरण गर्ने जिम्मेवारी निभाउँदै आएको थियो। यो नेटवर्क जामुड़िया, रानीगञ्ज र दुर्गापुरसम्म फैलिएको बताइएको छ।

यो कारबाहीपछि पुलिसको कार्यशैलीलाई लिएर प्रश्न उठिरहेको छ। बस चालक अनि खलासीलाई जाँचबुझ गरिएपछि छोड़िदियो। घटनास्थलमा उपस्थित पत्रकारहरूलाई जफत गरिएको लटरीको तस्वीर कैद गर्नदेखि रोकियो। ड्यूटीमा तैनाथ अधिकारीको यस्तो व्यवहारले पारदर्शितालाई लिएर प्रश्न उठाएको छ।

उल्लेखनीय छ, झारखण्ड र पश्चिम बंगालको सीमामा अवैध लटरीको कारबार द्रूत गतिमा बढ़िरहेको छ। बेरोजगारी तथा सहजै कमाउने लोभमा धेरैजना मानिसहरू यस किसिमको नेटवर्कसित जोड़िएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande