बीएलएलाई ज्यानमारा धम्की, तृणमूल नेताहरूविरूद्ध एफआईआर
बीएलएलाई ज्यानमारा धम्की, तृणमूल नेताहरूविरूद्ध एफआईआर


पूर्व मेदिनीपुर, 12 अप्रेल (हि.स.)। तृणमूल कंग्रेसको एउटा सभामा ज्यानमारा धम्की दिएको आरोपमा बीएलए-दुई शेख मसूद आलमले नन्दीग्राम थानामा गए शनिवार अबेर राती तृणमूलका केही नेताहरूविरूद्ध एफआईआर दर्ता गराएका छन्। आरोपीहरूमा नन्दीग्रामबाट तृणमूल उम्मेद्वार पवित्र कर, शेख साहाबुद्दीन, शेख सुपियन सहित सातजना मानिसहरूको नाम सामेल छ।

आरोप छ, गत 10 अप्रेलको दिन नन्दीग्रामको हजराकाटा बजारमा आयोजित तृणमूलको एक चुनावी प्रचार सभाबाट भाजपा समर्थक मुस्लिम मतदाताहरूलाई डर एवं धम्की देखाउनको साथै मसूद आलमलाई ज्यानमारा धम्की दिइयो।

मसूद आलमको भनाइ छ, उनलाई कुनै पनि समय तृणमूलका कथित असामाजिक तत्वहरूले नोक्सान पुऱ्याउन सक्छन्। उनले भने, यदि उनीसित कुनै प्रकारको अप्रिय घटना घटे यसको लागि पवित्र कर, शेख साहाबुद्दीन, शेख सुपियन सहित सातजना मानिसहरू जिम्मेवार हुनेछन्।

आइतवार बिहान यस मामिलामा भाजपाको नन्दीग्राम मण्डल दुईका अध्यक्ष सुदीप दासले भने, यस किसिमको धम्कीले भाजपा कार्यकर्ताहरूलाई डर देखाउन सकिँदैन तथा लोकतान्त्रिक ढंगबाट संघर्षलाई जारी राखिनेछ।

यता तृणमूल कंग्रेसले उपरोक्त आरोपहरूलाई पूर्ण रूपले आधारहीन तथा राजनीतिक षड़यन्त्र बताएको छ। आइतवार अपरान्ह नन्दीग्राम-एक ब्लक कोर कमिटीका सदस्य बाप्पादित्य गर्गले भने, भाजपाले चुनाउ आयोग र पुलिसको ध्यान आकर्षित गर्नको लागि यस्तो “नाटक” गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande