शादीपुर डिपो निकट सड़क दुर्घटना, एघार वर्षीय बालिकाको मृत्यु
शादीपुर डिपो निकट सड़क दुर्घटना, एघार वर्षीय बालिकाको मृत्यु


नयाँ दिल्ली, 12 अप्रेल (हि.स.)। मध्य जिल्लाको पटेल नगर थाना क्षेत्रमा गए शनिवार राती भएको एक पीड़ादायी दुर्घटनामा एघार वर्षी बालिकाको मृत्यु भयो। यो दुर्घटना शादीपुर डिपोको छेउमा बालजित नगरमा राती लगभग 9:30 बजे भएको हो।

मध्य जिल्लाका पुलिस उपायुक्त रोहित राजबीर सिंहले आइतवार बताए, पीसीआर कलको माध्यमबाट दुर्घटना भएको सूचना प्राप्त भएको थियो। सूचना पाउनसाथ जाँच अधिकारी पुलिस टीमसितै घटनास्थलमा पुगे अनि स्थितिको जायजा लिए। प्रारम्भिक जाँचमा थाहा लाग्यो, बालजित नगर निवासी एघार वर्षीय बालिकालाई एउटा ट्रकले ठक्कर दियो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि राम मनोहर लोहिया अस्पतालमा पठाइदियो। साथै क्राइम टीमलाई घटनास्थलमा बोलाएर प्रमाण जुटाइयो, दुर्घटनाको परिस्थितिको जाँच गरियो।

पुलिसले तत्काल कारबाही गर्दै आरोपी चालक कप्तान सिंह (40) लाई पक्राउ गऱ्यो। आरोपी विजय पार्क नजफगढ़ निवासी रहेको बताइएको छ। दुर्घटनामा सामेल वाहनलाई जफत गरिएको छ जसको तकनिकी निरीक्षण गरिँदैछ।

पुलिस अधिकारी अनुसार यस मामिलामा पटेल नगर थानामा एफआईआर संख्या 151/26 अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पुलिस अधिकारीहरूको भनाइ छ, दुर्घटनाको कारण पत्तो लगाउन विस्तृत जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande