
पानीपत, 12 अप्रेल (हि.स.)। पानीपतको सनौली गाउँमा अवस्थित एकजना क्लीनिक संचालक डाक्टरले ज्वरो र भुँड़ी दुखेको निको पार्ने औषधि लिन पुगेकी औठौं कक्षाकी छात्रासित कुकर्म गर्ने प्रयास गऱ्यो। बालिकाले घटनाको सबै वृतान्त आफ्नो घरमा बतायो। त्यसपछि आमाले तुरून्तै पुलिसलाई सिकायत गरिन्। पुलिसले पीड़िताकी आमाको सिकायतमा तत्काल कारबाही गर्दै आरोपी डाक्टरलाई पक्राउ गरेको छ।
पुलिस अनुसार एकजना 11 वर्षीय बालिका पछिल्लो केही दिनदेखिको ज्वरोले ग्रस्त थिई। उसको भुँड़ी पनि दुखिरहेको थियो। घरमा कोही नभएको कारणले बालिका स्वयं गाउँको अड्डास्थित क्लीनिकमा औषधि लिन गई। आरोप छ, डाक्टरले पहिला बालिकालाी इन्जेक्शन लगाइदियो, त्यसपछि उसित अश्लील कृत्य गर्न शुरू गऱ्यो। पीड़िताले बताई, उसले डाक्टरको कृत्यहरूको विरोध गर्दा डाक्टरले उसलाई यो पनि उपचार नै हो जसबाट तिमी चाँड़ै स्वस्थ हुनेछौं भनेर फकायो। डाक्टरले बालिकालाई आफ्नो अङ्गालोमा कसेर उसित कुकर्म गर्ने प्रयास गऱ्यो।
बालिकाले तिर्खा लागेको बहाना बनाई। डाक्टर पानी ल्याउन जाँदा बालिकाले भाग्ने प्रयास गरी, तर डाक्टरले उसलाई फेरि समात्यो। मौकाको फाइदा उठाएर बालिका अर्धनग्न अवस्थामा त्यहाँबाट भाग्यो। उसले सोझै आफ्नो घरमा पुगेर आफ्नो हजुरबुवालाई आफूमाथि घटेको घटना बारे बतायो। विदुई आमाको सिकायतमा पुलिसले मामिलाको गम्भीरतालाई ध्यानमा राखेर आरोपी डाक्टरविरूद्ध मुद्दा दर्ता गरी आइतवार उसलाई पक्राउ गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा