श्री अमरनाथजी यात्रा यस वर्ष 3 जुलाईदेखि शुरू भएर 26 अगस्त रक्षा बन्धनको दिन समाप्त हुनेछः उपराज्यपाल
श्री अमरनाथजी यात्रा यस वर्ष 3 जुलाईदेखि शुरू भएर 26 अगस्त रक्षा बन्धनको दिन समाप्त हुनेछः उपराज्यपाल


जम्मू, 12 अप्रेल (हि.स.)। उपराज्यपाल मनोज सिन्हाले आज घोषणा गरे, श्री अमरनाथजी यात्रा यसपालि आगामी 3 जुलाई, 2026- देखि शुरू हुनेछ भने 28 अगस्त, 2026-मा रक्षा बन्धनको दिन समाप्त हुनेछ अर्थात यो तिर्थ यात्रा 57 दिनसम्म चल्नेछ। उनले भने, भगवान शिवको आशीर्वाद प्राप्त गर्नको लागि प्रथम पूजा आगामी 29 जून, 2026- मा ज्येष्ठ पूर्णिमाको दिन आयोजना गरिनेछ। जम्मूको लोकभवनमा आयोजित एक सम्वाददाता सम्मेलनलाई सम्बोधन गर्दै उपराज्यपालले भने, यात्राको लागि अग्रिम पञ्जीकरण आगामी 15 अप्रेल, 2026- देखि अफलाइन तथा अनलाइन दुवै ढंगमा शुरू हुनेछ। उपराज्यपालले भने, पञ्जीकरण सुविधा देशभरिकै जे एण्ड के ब्यांक, पञ्जाब नेशनल ब्यांक, स्टेट ब्यांक तथा यस ब्यांकका 554 वटा शाखाहरूमा उपलब्ध हुनेछ। उपराज्यपालले भने, प्रत्येक पञ्जीकृत तिर्थ यात्री तथा सेवा प्रदातालाई रेडियो फ्रीक्भेन्सी आइडेन्टिफिकेशन डिभाइस (आरएफआईडी) जारी गरिनेछ।

पञ्जीकृत तिर्थ यात्रीहरूको समूहलाई दुर्घटना बीमा प्राप्त हुनेछ जसको राशि बढ़ाएर प्रतिव्यक्ति दश लाख रुपियाँ, टट्टुहरूको आकस्मिक तथा प्राकृतिक दुवै मृत्युको लागि कभरेज-राष्ट्रिय पशुधन मिशनको माध्यमबाट प्रतिपशु 50,000 रुपियाँ प्रदान गरिनेछ। उपराज्यपालले भने, पवित्र गुफासम्म तथा गुफादेखि पञ्जतरणीसम्म बालटाल अक्षसितै ग्रिड बिजुली आपूर्ति उपलब्ध हुनेछ। यात्रा ट्र्याकलाई पर्यापत रूपमा प्रकाशमय बनाइनेछ। तिर्थ यात्रीहरूको लागि यात्रालाई सहज बनाउन विभिन्न ई-सेवा, टट्टु, पिट्ठु, पालकी आदि भाड़ामा लिनको लागि प्री-पेड प्रणाली उपलब्ध हुनेछ। यात्री निवास सुविधा बालटाल, पंथा चौक (श्रीनगर), नुनवान औ चन्द्रकोटमा उपलब्ध हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande