
गोरश्वर (असम), 12 अप्रेल (हि.स.)। गोरश्वर थाना अन्तर्गत दुई नम्बर रौमारी गाउँमा चरक पूजाको लागि चन्दा संकलन गर्न गएका सातजना साधुहरूमाथि कथित रूपमा हमला गरिएपछि क्षेत्रको माहोल तनाउपूर्ण भएको छ। प्राप्त जानकारी अनुसार यस हमलाको आरोप चान महमूद अली र उनका पुत्र आजिम अलीमाथि लगाइएको छ। घटनापछि आक्रोशित स्थानीय मानिसहरूको एक स्मूहले आरोपीहरूको घरमा आगो लगाइदिए।
आगलागीमा दुवैको घर जलेर खरानी भयो भने एउटा दुईचक्के वाहन पनि आगोको चपेटमा परेर नष्ट भयो। घटनाको सूचना पाउनसाथ तामुलपुर र गोरेश्वर पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। हाल दुवै आरोपी भागेको बताइएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा