
मानस राष्ट्रिय उद्यान (असम), 12 अप्रेल (हि.स.)। असमको मानस राष्ट्रिय उद्यानमा एउटा बाघलाई सड़कको बीचमा सुतिरहेको देखियो। यसतो दृश्य देखेर पर्यटकहरूमा उत्सुकताको माहोल सृजना भयो।
यो घटना उद्यानको बाँसबाड़ी रेञ्जदेखि मथनगुड़ी तर्फ जाने मार्गमा आइतवार बिहान भएको हो जहाँ बाघलाई सड़कबीचमा शान्त अवस्थामा सुतिरहेको देखियो।
घटनास्थलमा उपस्थित पर्यटकहरूले यस दुर्लभ दृश्यलाई आफ्नो क्यारामा कैद गरे। जंगलको यस अनौठो तथा शान्त दृश्यले सबैको ध्यान आकर्षित गऱ्यो। वन विभागद्वारा बताइए अनुसार स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ। कुनै अप्रिय घटना घटेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा