अपरेशन प्रहारः हरिद्वारमा दशजना ढोंगी बाबाहरू हिरासतमा
अपरेशन प्रहारः हरिद्वारमा दशजना ढोंगी बाबाहरू हिरासतमा


-अपरेशन प्रहार अन्तर्गतहरिद्वारमाढोंगी बाबाहरूमाथि कारबाही, दशजना समातिए

हरिद्वार, 12 अप्रेल (हि.स.)। पुलिसद्वारा संचालित अपरेश प्रहार अन्तर्गत धर्मको नाममा मानिसहरूलाई भ्रमित पार्ने ढोंगी बाबाहरूविरूद्ध लगातार कारबाही गरिँदैछ। पुलिसलाई भर्खरै सिकायत प्राप्त भएको थियो कि केही मानिसहरूले साधु-सन्तहरूको भेष धारण गरेर आमजन विशेष गरी महिला अनि युवाहरूलाई उनीहरूको समस्या समाधान गरिदिने प्रलोभन देखाएर ठग्दै आइरहेका छन्।

उक्त सिकायतको आधारमा कोतवाली नगर पुलिसले प्रभारी निरीक्षकको नेतृत्वमा विशेष अभियान संचालन गऱ्यो। अभियान अवधि रोड़ीबेलवाला घाट तथा यस वरपरका क्षेत्रहरूमा भइरहेका संदिग्ध गतिविधिहरूमाथि कड़ा नजर राखियो।

जाँचको क्रममा पुलिसले यस्ता दशजना मानिसहरूलाई चिन्हित गऱ्यो जसले साधुको भेष धारण गरेर मानिसहरूलाई भ्रमित पारिरहेका थिए। सबै आरोपीहरूलाई हिरासतमा लिएर कानूनी कारबाही गरियो। यी आरोपीहरूमा रामवतार उपनामबब्लू (लक्ष्मीपुर, बरेली), राजू गिरी(विष्णुघाट, हरिद्वार), दिलबाग (भाडरौला, पानीपत), भगवान दास (प्रतापगढ़), चमन सिंह अहिरवार (गोरखपुर रायमेन, मध्य प्रदेश), रामचन्द्र सिद्धू (पोनिया, बिहार), सरदा गिरी(श्रीनगर धारी देवी, पौड़ी गढ़वाल), शीतल नाथ, विनय औआँचलनाथ (चण्डीघाट, हरिद्वार) सामेल छन्।

पुलिसको भनाइ छ, देवभूमिमा धर्मको आड़मा आस्थासित खेलवाड़ गर्नेहरूलाई कुनै पनि स्थितिमा छोड़िने छैन।अपरेशन प्रहार अन्तर्गत यस्ता ढोंगीहरू र बहुरूपीहरूविरूद्ध अभियान जारी रहनेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande