उत्तरपाड़ामा तृणमूलको चुनावी विज्ञापन जारी
उत्तरपाड़ामा तृणमूलको चुनावी विज्ञापन जारी


हुगली, 12 अप्रेल (हि.स.)। उत्तरपाड़ा विधानसभा क्षेत्रलाई लिएर तृणमूल कंग्रेसले द्रूत गतिमा चुनावी तयारी गरिरहेको छ। आइतवार श्रीरामपुरबाट तृणमूल कंग्रेसकाक सांसद कल्याण ब्यनर्जीले पार्टीको चुनावी विज्ञापन जारी गरे जसमा क्षे6को समग्र विकासको लागि केही महत्वपूर्ण घोषणाहरू गरिएको छ।

जारी विज्ञापनमा उत्तरपाड़ाको निम्ति तृणमूलका प्रमुख प्रतिबद्धताहरूलाई उल्लेख गरिएको छ जसमा कोन्नगरस्थित अवनीन्द्रनाथ ठाकुरको बागानबाड़ीको संरक्षण अनि विकास गर्ने आश्वासन दिइएको छ। साथै कोन्नगरको नागेन्द्रनाथ कुण्डु विद्यामन्दिरको आधुनिकीकरण तथा पश्चिम बंगाल बोर्ड अधिनस्थ अंग्रेजी र बंगला माध्यममा पढ़ाई शुरू गर्ने विषय पनि उल्लेख गरिएको छ। यस अतिरिक्त नगरपालिकाको खाली जमीनलाई उपयोग गरी कोतारंगमा एउटा नर्सिंग प्रशिक्षण केन्द्र स्थापना गर्ने, हिन्दमोटर क्षेत्रको औद्योगिक ढाँचालाई पुनर्जीवित गरी स्थानीय स्तरमा रोजगार सृजना गर्ने वाचा पनि गरिएको छ।

स्वास्थ्य सेवाहरूलाई सशक्त बनाउनको लागि राजबाड़ी अस्पताललाई विकासित गरी ट्रमा सेन्टर स्थापना गर्ने अनि उत्कृष्ट चिकित्सा सुविधा उपलब्ध गराउने योजना पनि सामेल छन्। यसरी नै कोननगर, उत्तरपाड़ा शहर तथा यस वरपरका ग्रामीण क्षेत्रहरूमा खेल मैदान साथै रखरखाउमाथि बल दिइएको छ।

विज्ञापनमा क्षेत्रका सबै अस्पतालहरूको समग्र विकास, सड़कहरूको मरम्मत तथा आधारभूत ढाँचाको सुधार, कोन्नगरदेखि कोलकातसम्म परिवहन व्यवस्था शुरू गर्ने घोषणा पनि गरिएको छ।

यस अवसरमा सांसद कल्याण ब्यनर्जीसित उनका छोरा र उत्तरपाड़ा विधानसभा सीटबाट तृणमूल कंग्रेसका उम्मेद्वार शीर्षण्य ब्यनर्जी सहित ठूलो संख्यामा पार्टी नेता अनि कार्यकर्ताहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande