
पूर्व मेदिनीपुर, 12 अप्रेल (हि.स.)। जिल्लाको मोयनामा आइतवार तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले पार्टी प्रत्याशी चन्दन मण्डलको समर्थनमा रोड शो तथा जनसभालाई सम्बोधन गरे। परमानन्दपुर जगन्नाथ इन्स्टीट्यूशन स्कूल मैदानदेखि बाघेर पोलसम्म आयोजित रोड शोपछि उनले मानिसहरूसित तृणमूल कंग्रेसको पक्षमा मतदान गर्ने अपील गरे।
सभालाई सम्बोधन गर्दै अभिषेक ब्यानर्जीले भने, चन्दन मण्डलको जीतभयो भने सरकारले गरीब मानिसहरूलाई आवास तथा अन्य सुविधाहरू उपलब्ध गराउनको लागि उनीसित मिलेर काम गर्नेछ। उनले भने, तृणमूलको जीत भयो भने आफ्नो समस्यालाई लिएर आवेदन गरेका वरिष्ठ नागरिकहरूको सबै समस्याको समाधान गर्ने दिशामा कदम उठाइनेछ।
उनले भरोसा दिलाए, तृणमूल कंग्रेस सत्तामा रहुञ्जेलसम्म लक्ष्मी भण्डार योजना जारी रहनेछ। मोयनामा हालैमा लक्ष्मी भण्डारलाई लिएर भएको समस्याको उल्लेख गर्दै उनले भने, यदि कुनै लाभार्थीलाई समस्या भयो भने एक घण्टाभित्रमा त्यसको समाधान गरिनेछ।
अभिषेक ब्यानर्जीले आरोप लगाए, विपक्षी दलले तृणमूल कंग्रेसका कार्यकर्ताहरूलाई प्रचार गर्नदेखि रोक्ने प्रयास गरिरहेको छ। उनले भने, यसबाट स्पष्ट हुन्छ कि विपक्ष तृणमूलदेखि डराइरहेको छ। उनले दाबी गरे, उनको सभापछि विपक्षी दलहरूको निन्द्रा नै हराउनेछ। उनले यो पनि वाचा गरे, चन्दन मण्डलले जित्यो भने मोयनालाई मत्स्य हबको रूपमा विकसित गरिनेछ। उनले कार्यकर्ताहरूसित सतर्क बस्ने अ्पील गर्दै भने, मतगणनाको दिन काउन्टिंग सेन्टर बाहिर हजारौं तृणमूल कार्यकर्ताहरू उपस्थित रहनेछन्, कुनै पनि प्रकारको धाँधली हुन दिइनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा