
गान्तोक, 12 अप्रेल (हि.स.)। सिक्किम भ्रमणमा आएको फ्रान्सेली प्रतिनिधिमण्डलको औपचारिक भ्रमण सम्पन्न भएको छ। प्रतिनिधिमण्डलको अगुवाई भारतमा फ्रान्सका राजदुत थिएरी माथौले गरेका थिए।
गान्तोक प्रवासका क्रममा प्रतिनिधिमण्डलले नामग्याल इन्स्टीट्यूट अफ् टिबेटोलोजीमा आयोजित प्रदर्शनी एवं सङ्गोष्ठीमा भाग लिएको थियो। यसैगरी, आधिकारिक संलग्नताको भागको रूपमा प्रतिनिधिमण्डलले विभिन्न सांस्कृतिक एवं धार्मिक महत्वका स्थलहरूको पनि भ्रमण गरेको थियो। उनीहरूले विद्वानहरू र अधिकारीहरूसॅंग अन्तरक्रिया पनि गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल