इण्डियन गोर्खा जनशक्ति फ्रण्टद्वारा बन्दना राईको पक्षमा खरसाङमा परिवर्तन ऱ्यालीको आयोजना
ईण्डियन गोर्खा जनशक्ति फ्रण्टद्वारा बन्दना राईको पक्षमा खरसाङमा परिवर्तन रैलीको आयोजना


खरसाङ, 12 अप्रेल (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) को खरसाङ विधानसभा समष्टिकी उम्मेदवार बन्दना राईको पक्षमा आज खरसाङमा परिवर्तन ऱ्याली आयोजना गरियो। आईजीजेएफको भातृ संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संगठनको आयोजनामा आयोजित ऱ्याली स्थानीय रेलवे स्टेशन परिसरबाट शुरु भयो र हिल कार्ट रोड हुँदै खरसाङ बजार परिक्रमा गरेपछि आईएनए बस टर्मिनलमा पुगेर चुनावी पथ सभामा परिणत भयो।

चुनावी पथ सभामा आईजीजेएफको केन्द्रिय संयोजक अजय एडवर्ड्स, एनबी खवास, भरत तामाङ, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संगठनको केन्द्रिय अध्यक्ष डीके गुरूङ लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। चुनावी पथ सभापछि ऱ्याली पुन: बस टर्मिनलदेखि खरसाङको मोटर स्ट्याण्डसम्म जाने प्रयास गऱ्यो, तर प्रशासनिक अनुमति नभएकाले प्रशासनले रोकेको थियो।

यद्यपि, अजय एडवर्ड्स र बन्दना राईको नेतृत्वमा ऱ्याली बस टर्मिनलदेखि खरसाङको टुरिस्ट लजसम्म आइपुगेको थियो। पुलिस प्रशासनले ऱ्यालीलाई त्यहॉंबाट अगाडि बढ्न नदिएपछि त्यही नै बंगाल सरकारले प्रदान गर्ने भनिएको 5 डेसीमल जमीनको पट्टाको विरोध जनाउॅंदै दस्तावेज जलाउने कार्य गरिएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande