प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर धेरै उत्साह र सकारात्मक ऊर्जा मिलेको छ: सोनाम लामा
प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर धेरै उत्साहित र सकरात्मक बन्नुको साथै ऊर्जा मिलेको छ - सोनाम लामा


खरसाङ, 12 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीका उम्मेदवार सोनाम लामाले आइतवार सिलगढीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटे। सिलगढीको कावाखालीमा आज प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर बंगालको केही जिल्लाका भाजपा प्रार्थीहरूको पक्षमा आयोजित चुनावी सभालाई सम्बोधित गरे।

यसावधि प्रधानमन्त्री नरेन्द्र मोदीसित पहाडका तीनैजना उम्मेदवार दार्जिलिङका नोमन राई, खरसाङका सोनाम लामा र कालेबुङका भरत छेत्री पनि उपस्थित थिए। उनीहरू बाहेक सिलगढीका शंकर घोष, मतिगढा नक्सलबारीका आनन्दमय बर्मन, फाँसीदेवाका दुर्गा मुर्मु, फुलबारी डापग्रामका शिखा च्याटर्जी पनि थिए। प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग एउटै मञ्चमा उभिन पाएर भाजपा उम्मेदवारहरु निक्कै उत्साहित बनेका छन्।

खरसाङ विधानसभा समष्टिका भाजपा उम्मेदवार सोनाम लामाले प्रधानमन्त्रीसॅंग भेट भएपछि धेरै ऊर्जा मिलेको बताए। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न पाउनु एकदमै ठूलो कुरा हो। प्रधानमन्त्रीलाई भेटेपछि धेरै उत्साह र ऊर्जा मिलेको छ।'

प्रधानमन्त्री मोदीले आफुहरुलाई जीतको मन्त्र दिएको बताए। प्रधानमन्त्रीले सबै उम्मेदवारहरूलाई जीतको शुभकामना दिए। उनले प्रधानमन्त्रीलाई भेटेर काम गर्ने थप ऊर्जा प्राप्त हुनुका साथै आफ्नो जीतप्रति सकारात्मक र आशावादी बनेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande