सिक्किम युथ वेलफेयर एसोसिएशनले गऱ्यो दिभाइन पुनर्वास केन्द्रको भ्रमण
सिक्किम युथ वेलफेयर एसोसिएशनले गऱ्यो दिभाइन पुनर्वास केन्द्रको भ्रमण


गान्तोक, 12 अप्रेल (हि.स.)। सिक्किम युथ वेलफेयर एसोसिएशनले आफ्नो पाइलट प्रोजेक्ट अन्तर्गत आज दक्षिण सिक्किमको नामथाङस्थित दिभाइन पुनर्वास केन्द्रको भ्रमण गऱ्यो। यस परियोजनाको उद्देश्य लागूपदार्थ दुरुपयोग रोकथाम गर्न, तस्करी घटाउन र समुदाय आधारित हस्तक्षेपहरू मार्फत पुनर्लाभलाई समर्थन गर्नका लागि समाजमा बढ्दो लागूपदार्थ दुरुपयोग गर्नेहरूको मूल कारण पत्ता लगाउनु रहेको बताइएको छ।

यस क्रममा संस्थाले शोध एवं आकलन गतिविधि, पुनर्वास केन्द्रहरूमा अन्तरक्रिया, पुलिसको सहयोगमा लागूपदार्थको हटस्पट र तस्करी मार्गहरूको नक्साङ्कन, जोखिम क्षेत्रहरूको पहिचान आदि कार्यहरू गरिरहेका छन्। संस्थाका संस्थापक रबिन राईले यस अभियानलाई समर्थन गर्नका लागि समाजका हरेक व्यक्तिलाई अगाडि आउन अपील गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande