चारजना बंगलादेशी गुवाहाटी पुलिसको जालमा, दलाल चिन्हित
चारजना बंगलादेशी गुवाहाटी पुलिसको जालमा, दलाल चिन्हित


गुवाहाटी, 13 अप्रेल (हि.स.)। गुवाहाटी पुलिसले एक व्यापक अभियानको क्रममा चारजना बंगलादेशी नागरिकहरूलाई पक्राउ गरेको छ जसबाट अवैध घुसपैठ तथा जाली दस्तावेज बनाउने नेटवर्कको खुलासा भएको छ।

पुलिस सूत्र अनुसार पक्रा पर्ने सबै बंगलादेशीहरू आसिफ अली नामक एकजना दलालको माध्यमबाट असममा प्रवेश गरेका थिए। दलालले नै यिनीहरूको आगमवन र बस्ने व्यवस्था गरिदिएको थियो।

दिसपुर पुलिसले बताएको छ, सीमा पुलिसले गुवाहाटीको ससल क्षेत्रबाट चारजना बंगलादेशी नागरिकहरूलाई पक्राउ गरेको छ जो दलाल आसिफ अलीको माध्यमबाट गुवाहाटी आइपुगेका थिए। गत 10 अप्रेलदेखि गुवाहाटीमा लुकेर बसेका थिए।

सूत्रले बताएको छ, चारैजना गुवाहाटीदेखि मुम्बई जाने दाउमा थिए। यिनीहरूमा एकजना महिला, एकजना पुरुष र नानीहरू सामेल छन्। बताइएको छ, दलाल आसिफ अलीले बंगलादेशी नागरिकहरूको जाली भोटर कार्ड बनाइदिएको थियो। दिसपुर पुलिसले दलाललाई पनि पक्राउ गरेको छ।

जाँचमा थाहा लागे अनुसार यी चारैजनाले बरपेटा जिल्लाबाट मतदाता परिचय पत्र (भोटर कार्ड) बनाएका थिए जसबाट पहिचान सत्यापन औ चुनावी दस्तावेजहरूको दुरुपयोगलाई लिएर गम्भीर प्रश्न उठेको छ।

पुलिसले बतायो, घटनास्थलमा देखिएको रातो रंगको टी-शर्ट लगाएको व्यक्तिको पहिचान दलाल आसिफ अलीको रूपमा भएको छ। यस मामिलामा सामेल अन्य मानिसहरूको खोजी जारी छ साथै सम्पूर्ण नेटवर्कको पत्तो लगाउनको लागि जाँच कार्यलाई तीव्रता दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande