
आसनसोल, 13 अप्रेल (हि. स.)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउपूर्व प्रशासनिक तयारी तीव्र भएको छ। यसै क्रममा गए आइतवार आसनसोल-दुर्गापुर पुलिस कमिश्नरेट (एडीपीसी) अन्तर्गत केही महत्वपूर्ण थानाहरूका पुलिस अधिकारीहरूको फेरबदल गरियो। यस कदमलाई चुनाउलाई मध्यनजर गर्दै कानून-व्यवस्थालाई मजबुत तथा निष्पक्ष बनाइराख्ने दिशामा महत्वपूर्ण मानिँदैछ।
आधिकारिक जानकारी मुताविक आसनसोल दक्षिण, हीरापुर औ रानीगञ्ज थानामा नयाँ थाना प्रभारीहरू नियुक्ति गरिएको छ। अनिमेष दासलाई आसनसोल दक्षिण थानाको प्रभारी बनाइएको छ भने अखिलेश सिंहलाई हीरापुर थानाको जिम्मेवारी सुम्पिइएको छ। यसरी नै रानीगञ्ज थानाको कमान आशिष दलुईलाई दिइएको छ। सबै अधिकारीहरूलाई तत्काल प्रभावले कार्यभार सम्हाल्ने निर्देश जारी गरिएको छ।
प्रशासनिक सूत्र अनुसार यी क्षेत्रहरूलाई चुनावी दृष्टिले संवेदनशील मानिन्छ। पूर्वमा यहाँ राजनीतिक गतिविधिको कारणले तनाउपूर्ण स्थिति सृजना भएको देखिसकिएको छ। त्यसैले अनुभवी अधिकारीहरूलाई तैनाथ गरी सुरक्षा व्यवस्थालाई अझ सुदृढ़ बनाउने प्रयास गरिएको छ।
सूत्र अनुसार यस स्थानांतरण आदेशलाई वरिष्ठ अधिकारी सुजित कुमार मिश्राको हस्ताक्षरपछि आधिकारिक रूप दिइयो। आदेश जारी हुनसाथ सम्बन्धित अधिकारीहरूलाई आ-आफ्नो थानामा जिम्मेवारी सम्हाल्न भनिएको छ।
स्थानीय मानिसहरूको पनि मान्यता छ, चुनाउ अवधि मजबुत पुलिस व्यवस्थाको ठूलो खाँचो छ। नयाँ अधिकारीहरूलाई तैनाथ गरिए सुरक्षाप्रति मानिसहरूको भरोसा बढ़्नेछ जसबाट चुनाउ शान्तिपूर्ण ढंगमा सम्पन्न हुने सम्भावना प्रबल हुन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा