असम राज्यव्यापी रंगाली उत्सवको लागि तयार, मंगलवार 'गोरू बिहू'
असम राज्यव्यापी रंगाली उत्सवको लागि तयार, मंगलवार 'गोरू बिहू'


गुवाहाटी, 13 अप्रेल (हि.स.)। असममा जातीय औ सांस्कृतिक पहिचानको प्रतीक रंगाली बिहूको उत्साह अब चरममा पुगेको छ। राज्यका गाउँहरूदेखि शहर-बजारसम्म चारैतिर उत्सवको माहोल देख्न पाइँदैछ। ढोल, पेपा औ गगनाको गुञ्जनले सम्पूर्ण वातावरण बिहूमय भइसकेको छ भने मानिसहरू यस ऐतिसाहिक पर्वलाई स्वागत गर्नको लागि पूर्ण रूपमा तयार भइसकेका छन्।

बिहूवा डेका (युवा) औ बिहूवती (युवती)-हरू पारम्परिक वेशभूषामा सजिएका छन्। प्रियजनहरूलाई उपहार दिनका लागि बिहूवान (असमिया गमछा र अन्य पारम्परिक वस्त्र)-हरूको किनमेल पनि अन्तिम चरणमा पुगिसकेको छ। 14 अप्रेलदेखि शुरू हुने यस पर्वको लागि विभिन्न स्थानहरूमा बिहुतली (सांस्कृतिक मञ्च) बनाइँदैछ जहाँ गीत-संगीत अनि नृत्यको कार्यक्रम आयोजना हुन्छ।

बसन्त ऋतुको मनमोहक वातावरणबीच 14 अप्रेलको दिनदेखि गोरू बिहूसितै उत्सव शुभारम्भ हुनेछ। बोहाग बिहूको पहिलो दिन मनाइने गोरु बिहूमा गाई, भैंसी जस्ता पालुवा पशुहरूलाई बिहान नदी, तलाउ वा झीलमा स्नान गराइन्छ। त्यसपछि बेसार, बैगुन र अन्य पारम्परिक सामग्रीहरूले यी पशुहरूको पूजा गरेर वर्षभरिको समृद्धिको कामना गरिन्छ।

साँझ पशुहरूलाई पाट (जुट)- ले बनिएको डोरीले बाँध्ने परम्परा निर्वाह गरिन्छ। कृषिमाथि आधारित असमिया समाजले यस पर्वलाई खेती शुरू गर्नअघि बड़ो उत्साह अनि आस्थाको साथमा मनाउँदै आएको छ। खेतहरूको उर्वरतालाई बढ़ाउने उद्देश्यले युवा-युवातीहरूले नृत्य अनि गीतहरूको माध्यमबाट खुशी व्यक्त गर्दछन्।

आज पनि बिहू गीत र बिहू नृत्य असमको सांस्कृतिक आत्मा बनिएको छ। गीतहरूको धुन सुन्दै हरेक उमेरका मानिसहरू रमाउँदै नाँच्छन्। केही गाउँहरूमा हुसरी बिहूको परम्परा आज पनि जीवित छ जसमा युवक-युवतीहरू घर-घरमा गएर नृत्य-गीत प्रस्तुत गर्दछन् अनि आशीर्वाद प्राप्त गर्दछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande