
हुगली, 13 अप्रेल (हि.स.)। आरामबागमा भएको एक सड़क दुर्घटनामा तृणमूल कंग्रेसकी प्रत्याशी मीता बागका पति गोपाल बाग गम्भीर रूपमा गाइते भए। यो घटना गए आइतवार राती भएको हो।
प्राप्त जानकारी अनुसार गोपाल बाग पेशाले एकजना टोटो चालक हुन्। आइतवार उनी तिरोल क्षेत्रबाट यात्रीहरूलाई लिएर आरामबाग बस स्ट्याण्डमा पुगेका थिए। त्यहाँबाट घर फर्किने क्रममा नेताजी स्क्वायरको छेउमा पुगेपछि विपरीत दिशाबाट आइरहेका दुई वटा टोटोले उनको वाहनलाई ठक्कर दियो।
ठक्कर लागेपछि उनको टोटो अनियन्त्रित भएर पल्टियो साथै गोपाल बाग पनि सड़कमा लड़ेर गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरूले उनलाई तुरून्तै आरामबाग प्रफुल्ल चन्द्र सेन मेडिकल कलेजमा पुऱ्याए।
प्राथमिक उपचारपछि उनलाई अस्पतालबाट छुट्टी दिइएको थियो, तर पछि उनको स्थिति बिग्रिँदै गएपछि उनलाई पुनः आरामबागको एक निजी नर्सिंग होममा भर्ती गरियो।
घटनाको सूचना पाउनसाथ मीता बाग आफ्नो चुनावी प्रचारलाई बीचमै छोड़ेर तुरून्त आफ्ना पति भएकहाँ पुगिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा