सड़क दुर्घटनामा एकजनाले गुमाए ज्यान, एघारजना घाइते
सड़क दुर्घटनामा एकजनाले गुमाए ज्यान, एघारजना घाइते


कामरूप (असम), 13 अप्रेल (हि.स.)। कामरूप (ग्रामीण) जिल्लाको रंगिया क्षेत्रमा भएको सड़क दुर्घटनामा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। यस घटनामा अन्य एघारजना मानिसहरू घाइते भएका छन्।

पुलिसले सोमवार बतायो, रंगियादेखि तामुलपुर तर्फ यात्रीहरूलाई लिएर आइरहेको टेम्पो (एएस-28सी-4667) र विपरीत दिशा भुटानबाट रंगिया तर्फ आइरहेको ईक भ्यान (एएस-13आर-7370) आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो। यस घटनामा एकजना मानिसको घटनास्थलमै मृत्यु भयो भने एघारजना घाइते भए।

यो दुर्घटना सोमवार बिहान लगभग 6:00 बजे भएको हो। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसको टीमले सबै घाइतेहरूलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरायो भने मृतकको शवलाई आफ्नो कब्जामा लिएर अस्पतालमा पठाइदियो। मृतकको पहिचान महेश बोड़ोको रूपमा भएको छ। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande