उल्फा (स्वा) प्रमुख परेश बरुवाको भाइको घरमा फायरिंग
उल्फा (स्वा) प्रमुख परेश बरुवाको भाइको घरमा फायरिंग


तिनसुकिया (असम), 13 अप्रेल (हि.स.)। प्रतिबन्धित संगठन यूनाइटेड लिबरेशन फ्रण्ट अफ असम- स्वाधीन (उल्फा-स्वा) -का स्वयम्भू कमाण्डर-इन-चीफ परेश बरुवाको आफन्तको घरमा केही अज्ञात उपद्रवीहरूले गए मध्य राती गोली चलाए। यस घटनाको कारणले सम्पूर्ण क्षेत्रमा त्राष फैलिएको छ।

स्थानीय मानिसहरूले बताए अनुसार यो घटना आधा रातमा भएको हो जतिबेला कथित रूपमा न्यूनतम पनि दुईजना मानिसहरूले तिनसुकिया जिल्ला अन्तर्गत एउटा गाउँमा अवस्थित परेश बरुवाका भाइ मिशन बरूवाको घरलाई लक्षित गरेर कैयौं राउण्ड गोली चलाए। यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको समाचार अहिलेसम्म प्राप्त भएको छैन। तथापि घटनापछि क्षेत्रको सुरक्षालाई लिएर चिन्ता बढ़ेको छ। गोली चलाएपछि तुरून्तै हमलाकारीहरू घटनास्थलबाट भागे।

पुलिसले जाँच शुरू गरेको छ। घटनामा संलिप्त अपराधीहरूको बारेमा पत्तो लगाउनको लागि पुलिसले कारबाही गरिरहेको छ। अहिलेघरि क्षेत्रको सुरक्षा व्यवस्थालाई बढ़ाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande