
कोलकाता, 13 अप्रेल (हि.स.)। पश्चिम बंगालमा आगामी 23 अप्रेलको दिन सम्पन्न भइरहेको पहिलो चरणको मतदानपूर्व चुनावी तयारीहरूलाई तीव्रता दिइएको छ। यसै क्रममा डिप्टी चुनाउ आयुक्त ज्ञानेश भारती आज सोमवारदेखि तीन दिवसीय दौड़ाहमा बंगाल आइरहेका छन्। उनको साथमा आयोगका अन्य दुईजना वरिष्ठ अधिकारीहरू पनि हुनेछन् जसले धरातलीय स्तरमा पुगेर चुनावी तयारीहरूको निरीक्षण गर्नेछन्।
सूत्र अनुसार आयोगको प्रतिनिधिमण्डलले भ्रमणको पहिलो दिन पश्चिम बर्धमान, पूर्व बर्धमान, हुगली, उत्तर 24 परगना औ कोलकाता सहित अन्य कतिपय जिल्लाहरूमा पुगेर मतदानका तयारीहरूको समीक्षा गर्नेछन्। सोमवार बागडोगरा हवाईअड्डामा आइपुगेपछि टीम अलिपुरद्वार जानेछ जहाँ साँझ मतदाता जागरूकता कार्यक्रम सम्बन्धि बैठक प्रस्तावित छ।
यस अतिरिक्त उत्तर बंगालको लागि आयोगको एउटा भिन्नै टीम सक्रिय हुनेछ। यो टीम 14 अप्रेलको दिन अलिपुरद्वारदेखि कुचबिहार जानेछ अनि त्यहाँ जिल्ला प्रशासनसित बैठक गर्नेछ। आगामी 15 अप्रेलको दिन जलपाईगुड़ी र कालेबुङमा कार्यक्रम निर्धारण गरिएको छ भने 16 अप्रेलमा कालेबुङमा मतदाता जागरूकतामाथि समीक्षा बैठक आयोजना हुनेछ। त्यसपछि आगामी 17 अप्रेलमा दार्जीलिङदेखि यो टीम दिल्ली फर्किने सम्भावना छ।
स्मरण गराइनअछ, चुनाउ घोषणा भएदेखि नै राज्यमा प्रशासनिक स्तरमा केही फेरबदल गरिएको छ। राज्यका मुख्य निर्वाचन अधिकारी मनोज कुमार अग्रवालले पनि लगातार जिल्लाहरूको भ्रमण गरी तयारीहरूको जायजा लिरहेका छन् साथै आम मानिसहरूसित बातचित गरी भरोसा दिलाइरहेका छन्।
यसैबीच एसआईआरसित सम्बन्धित मामिलाको सुनवाई सोमवार उच्चतम अदालतमा हुनुछ जसमाथि सबैको नजर अड़िएको छ। यस मामिलामा सुनाइने फसेलाको प्रभाव केही मतदाताहरूको भविष्यमाथि पर्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा