
शोणितपुर (असम), 13 अप्रेल (हि.स.)। शोणितपुर जिल्लाको रंगापारा क्षेत्रमा अवैध काठ लोड गरिएको ट्रक दुर्घटनाग्रस्त भयो। सोमवार बिहान रंगाबाराको नम्बर-2 बहुमारी गाउँमा भएको यस घटनाले खैलाबैला मचायो।
प्राप्त जानकारी अनुसार पञ्जीकरण नम्बर बिनाको उक्त 6 चक्के ट्रक रंगापारादेखि ढेकियाजुली तर्फ गइरहेको थियो। यस अवदधि चालकले वाहनबाट नियन्त्रण हराएको कारण ट्रक सड़क किनारमा पल्टियो। ट्रकमा भारी मात्रामा अवैध काठ लादिएको थियो।
दुर्घटनापछि चालक र खलासी दुवैले घटनास्थलबाट सुइँकुच्चा ठोके जसबाट काठको तस्करी भइरहेको आशंका अझ गहिरिएको छ। घटनाको सूचना पाउनसाथ रंगापारा पुलिस र आमारीबाड़ी वन क्षेत्रका वनकर्मीहरूको एक टीम घटनास्थलमा पुग्यो। वन विभागीय सूत्रानुसार जफत गरिएको उक्त काठको अनुमानित मूल्य लगभग 20 लाख रुपियाँ रहेको बताइएको छ। घटनाको जाँच भइरहेको छ।
उल्लेखनीय छ, शोणितपुर जिल्लामा काठ तस्करीमा भएको वृद्धिलाई लिएर पछिल्लो लामो समयदेखिकै सिकायत आइरहेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा