
कोलकाता, 12 अप्रेल (हि.स.)। पश्चिम बंगालमा प्रवर्तन निदेशालय (ईडी)-ले कथित मनी लण्ड्रिंग तथा आपराधिक नेटवर्कसित सम्बन्धित मामिलामा जाँच कार्यलाई तीव्रता दिँदै एकजना वरिष्ठ आईपीएस अधिकारी औ एकजना व्यापारीलाई समन जारी गरेको छ। यो कारबाही विश्वजित पोद्दार उपनाम ‘सोना पप्पू’-सित सम्बन्दित मामिलामा गरिएको हो जो हाल भागेको बताइएको छ।
ईडीका एकजना वरिष्ठ अधिकारी अनुसार आईपीएस अधिकारी गौरव लाल र व्यापारी जोय कामदारलाई जाँचबुझको लागि समन जारी गरिएको छ। गौरव लाल पूर्वमा कोलकता पुलिसका डिप्टी कमिश्नर रहिसकेका छन् भने वर्तमानमा हावड़ा पुलिसमा पदस्थ छन्। तथापि यस मामिलामा उनको भूमिका अहिले स्पष्ट भएको छैन।
जाँच एजेन्सीले गत 01 अप्रेलको दिन कोलकाताको कस्बा र बालिगञ्ज क्षेत्रस्थित सोना पप्पूका ठेगानाहरू सहित आठ वटा स्थानहरूमा छापा मारेको थियो। सोही दिन जोय कामदारको आवासमा पनि खानतलासी लिइएको थियो जहाँबाट प्रचुर मात्रामा नगद जफत गरिएको थियो।
ईडी अनुसार छापामारीमा लगभग 01 कड़ोर 47 लाख रुपियाँ नगद जफत गरिएको थियो भने 67 लाख 64 हजार रुपियाँको सुन-चाँदीका गहनाहरू जफत गरिएको थियो। यस अतिरिक्त सोना पप्पूद्वारा उपयोग गरिएको एउटा फर्च्यूनर वाहनलाई पनि जफत गरिएको थियो। यस अवधि ‘मेड इन यूएसए’ लेखिएको एउटा रिवल्वर पनि जफत गरिएको थियो पछि पुलिसलाई सुम्पिइयो।
जाँच एजेन्सीको भनाइ छ, पश्चिम बंगाल पुलिस र कोलकाता पुलिसमा दर्ता केही प्राथमिकीको आधारमा यो मनी लण्ड्रिंगको जाँच शुरू ग रिएको हो। सोना पप्पूविरूद्ध भारतीय दण्ड संहिता तथा शस्त्र अधिनियम 1959 अन्तर्गत मामिला दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा