रूखमा झुण्डिएको भेटियो युवक-युवतीको शव, जाँचमा जुट्यो पुलिस
रूखमा झुण्डिएको भेटियो युवक-युवतीको शव, जाँचमा जुट्यो पुलिस


रांची, 13 अप्रेल (हि.स.)। रांचीको बुन्दू थाना क्षेत्रको माझी टोलाको पगला बाबा मैदानमा पुलिसले सोमवार रुखमा झुण्डिएको अवस्थामा एक युवक र युवतीको शव फेला पारेको छ। मृतक महिलाको पहिचान आरती कुमारी (17) र युवक अर्जुन पाहन (25) को रूपमा गरिएको छ। ती युवती बुन्दुको निउरी गाउँकी बासिन्दा थिइन्। युवतीको विवाह तय भएको थियो। बेहुलाको परिवार उनलाई भेट्न आउने योजना थियो। अर्जुन युवतीको भेना हुन्।

रिपोर्ट अनुसार, स्थानीयहरूले बिहान रुखमा झुण्डिएको शव देखे। त्यसपछि उनीहरूले बुन्दु पुलिस थानालाई जानकारी दिए। जानकारी पाएपछि बुन्दु पुलिस थानाबाट पुलिसले घटनास्थलमा पुगेर शवहरूलाई रूखबाट हटाएर अनुसन्धान गऱ्यो र पोस्टमार्टमको लागि पठायो। घटनाको सम्बन्धमा बुन्दु थानाका प्रभारीले भने कि पहिलो नजरमा यो घटना प्रेम सम्बन्धसँग सम्बन्धित आत्महत्या देखिन्छ। सम्पूर्ण मामिलाको अनुसन्धान भइरहेको छ। युवक-युवती साली-भेना थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande