
नयाँ दिल्ली, 13 अप्रेल (हि.स.)। दिल्लीका उपराज्यपाल तरणजित सिंह सन्धू सोमवार सर गंगा राम अस्पतालको 71औं स्थापना दिवस समारोहमा सामेल भए। यस अवसरमा उनले स्वास्थ्य क्षेत्रको भविष्य र भूमिकामाथि महत्वपूर्ण विचार साझा गरे।
सर गंगा राम अस्पतालको 71औं, स्थापना दिवसमा उपराज्यपालले भने, सर गंगा राम एकजना महान इञ्जीनियर औ दूरदर्शी परोपकारी व्यक्ति थिए जसको धरोहर सामाजिक जिम्मेवारीको प्रतीक बन्न पुगेको छ। ‘गुरु का बाग मोर्चा’ आन्दोलनलाई साहसी समर्थनदेखि लिएर हेरचाह गर्ने स्थायी संस्थानहरूको गठनसम्ममा उनको जीवन सेवा- को एउटा प्रमाण थियो।
उनले भने, आगामी दिनमा स्वास्थ्य सेवा एउटा अत्यन्त महत्वपूर्ण क्षेत्र भएर उदाउनेछ, विशेष गरी यस्तो अवस्थामा जतिबेला विश्वका केही विकसित देशहरू द्रूत गतिमा वृद्ध भइरहेका छन्। उनले बताए, यसको विपरीत भारत एउटा युवा देश हो जहाँ औसत आयु लगभग 28 वर्ष छ भने 50 प्रतिशतभन्दा अधिक जनसंख्या योभन्दा कम उमेरको छ।
उपराज्यपाल तरणजित सिंह सन्धले भने, सर गंगारामको पञ्जाबसित गहिरो सम्बन्ध थियो भने मेरो परिवारलाई पनि ठूलो सहयोग गरेका थिए। मेरो छोराको जन्म पनि यसै अस्पतालमा भएको थियो। आगामी दिनमा स्वास्थ्य सेवाले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्न गइरहेको छ। भारत सबैभन्दा युवा देशहरूमध्ये एक हो, त्यसैले यो सुनिश्चित गर्न आवश्यक छ कि यहाँका स्वास्थ्य कर्मचारीहरू कुशल होउन्।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीको यस कथन ‘वैश्विक भलाईको लागि युवा’- को उल्लेख गर्दै भने, यो देखेर खुशी लाग्छ कि यो संस्थानले प्रधानमन्त्री अनुरूप सहज र समावेशी स्वास्थ्य सेवाप्रति गहिरो प्रतिबद्धताको साथमा नैदानिक उत्कृष्टतलाई सन्तुलित बनाएर उनका मूल्यहरूलाई कायम राखेको छ। यदि भारतले स्वास्थ्य सेवाहरूलाई मजबुत बनाए तथा स्वास्थ्य कर्मीहरूको कौशलमा सुधार ल्याए वैश्विक स्तरमा यसले ठूलो परिवर्तन ल्याउनसक्छ।
उनले सर गंगा राम अस्पतालको सराहना गर्दै भने, यो संस्थानले स्वास्थ्य सेवाहरूलाई अगाड़ि बढ़ाउन तथा कौशल विकासमा महत्वपूर्ण भूमिका निभाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा