
कोलकाता, 13 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउको प्रचार अन्तर्गत मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार बीरभूमको सिउरीमा जनसभालाई सम्बोधन गर्दै केन्द्र सरकार अनि भाजपामाथि धारिलो प्रहार गरिन्। उनले नामांकन प्रक्रियालाई लिएर नयाँ आरोप लगाउँदै भनिन्, उनको नामांकनको जाँच गर्दा चार घण्टासम्म हैरान बनायो।
ममताले भनिन्, “मेरो नामांकन पत्रको चार घण्टा स्क्रुटिनी गरेर मलाई सताइयो। के म यिनीहरूलाई छोड़्छु? जनताले छोड़े पनि म छोड़्ने छुइनँ।” उनले समर्थकहरूलाई आह्वान गर्दै भनिन्, मतदानको दिन उनीहरू उनको “सहयोद्धा” बनुन्।
प्रधानमन्त्री मोदीलाई लक्षित गर्दै ममताले चुनौती दिइन्, यदि उनले आफूलाई राज्यका सबै 294 सीटको उम्मेद्वार बताउँछन् भने उनले यो तय गर्नुपर्छ कि उनी देशको प्रधानमन्त्री रहनेछन् कि बंगालको मुख्यमन्त्री बन्नेछन्। उनले भाजपामाथि बाहिरको रहेको आरोप पनि लगाइन्।
रोजगारको मुद्दामा ममताले केन्द्र सरकारलाई प्रश्न गर्दै भनिन्, “दुई कड़ोर नोकरी दिने वाचा कहाँ गयो?” उनले आरोप लगाइन्, राज्य सरकारले रिक्त पदहरूलाई भर्ने प्रयास गर्नसाथ मामिलालाई अदालतमा पुऱ्याएर भर्तीहरूलाई रोकिन्छ।
भाजपामाथि हमला जारी राख्दै मुख्यमन्त्रीले भनिन्, “के भाजपाले नोकरी दिन्छ? सेना र रेलवेमा पद खाली छ, तर पनि उनीहरूले वाचा मात्र गरिरहेका छन्।” उनले दाबी गरिन्, राज्य सरकार रोजगार दिनको लागि प्रतिबद्ध छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ‘बुलडोजर’ बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै ममताले भनिन्, उनी “बुलडोजरको राजनीतिमा होइन प्रेम र विकासको राजनीतिमा विश्वास गर्दछन्।”
भ्रष्टाचार र धनको मुद्दामा उनले भाजपा नेताहरूमाथि प्रत्याक्रमण गर्दै भनिन्, “तपाईहरूले अन्यमाथि आरोप लगाउनुहुन्छ, तर आफ्ना नेताहरूसित सोध्नुहोस् कि हल्दिया बन्दरगाहबाट कति पैसा जान्छ?”
ममताले मतदाताहरूलाई सतर्क गराउँदै यो पनि भनिन्, “भाजपाबाट पैसा नलिनुहोस्, गल्ती नगर्नुहोस्। उनीहरूले खातामा पैसा दिने प्रलोभन देखाएर पछि एजेन्सीहरूबाट कारबाही गर्नसक्छ।”
मुख्यमन्त्रीले भनिन्, राज्यमा 105 वटा सामाजिक योजनाहरू संचालन भइरहेका छन्। डेवचा-पाचामी परियोजनाको उल्लेख गर्दै उनले बताइन्, यसमा 32 हजार करोड़ रुपियाँको निवेश हुनेछ भने लगभग दुई लाख मानिसहरूले रोजगार पाउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा