जोरहाटमा भयानक आगलागी, भागाभाग मचियो
जोरहाटमा भयानक आगलागी, भागाभाग मचियो


जोरहाट (असम), 13 अप्रेल (हि.स.)। जोरहाटमा भयंकर आगलागीको घटना घट्यो जसले गर्दा क्षेत्रमा कोकोहोलो मचियो। आधिकारिक सूत्रले आज बतायो, यो घटना राजामैदाम गजपुरिया रोडमा गए राती भएको हो जहाँ आगोले द्रूत गतिमा वरपरका क्षेत्रहरूलाई पनि आफ्नो चपेटमा लियो।

प्रारम्भिक जानकारी अनुसार सिलेण्डर विस्फोट भएको कारण आगो लागेको हुनसक्ने आशंका व्यक्त गरिँदैछ। आगलागी हुनसाथ स्थानीय मानिसहरूले तत्काल प्रशासनलाई सूचना दिए।

सूचना पाउनसाथ अग्निशमन विभागको टीमले घटनास्थलमा पुगेर द्रूत गतिमा राहत अनि बचाउ कार्य शुरू गऱ्यो। दमकल कर्मीहरूको तत्परताले आगोलाई नियन्त्रण गर्न सकियो जसले गर्दा ठूलो नोक्सान हुनदेखि बच्यो।

हाल कुनै पनि प्रकारको मानवीय क्षति भएको खबर प्राप्त भएको छैन। नोक्सानको मूल्यांकन गरिँदैछ। घटनाको वास्तविक कारण पत्तो लगाउनको लागि जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande