माथाभांगामा तृणमूल र भाजपाको भिड़न्तले माहोल गर्मियो, बढ़ाइयो सुरक्षा व्यवस्था
माथाभांगामा तृणमूल र भाजपाको भिड़न्तले माहोल गर्मियो, बढ़ाइयो सुरक्षा व्यवस्था


कुचबिहार, 13 अप्रेल (हि. स.)। तृणमूल कंग्रेस र भाजपाबीच भएको झड़पले माथाभांगा क्षेत्रको माहोल तनाउग्रस्त भएको छ। भाजपाले आरोप लगाएको छ, उसका दुईजना उम्मेद्वारहरूलाई घेरेर विरोध प्रदर्शन गरियो। महिला उम्मेद्वारको वाहनमा पनि तोड़फोड़ गरियो। अर्कोतिर तृणमूलले भाजपामाथि क्षेत्रमा अशान्ति फैलाएको आरोप लगाएको छ। यसलाई ध्यानमा राखेर गए आइतवार रातिदेखि क्षेत्रमा कड़ा निगरानीको व्यवस्था गरिएको छ।

स्थानीय सूत्र मुताविक बितेको आइतवार साँझ माथाभांगाको वार्ड नम्बर पाँचमा भाजपा उम्मेद्वार निशीथ प्रमाणिक प्रचार गर्न पुगेका थिए। त्यहीँबाट शुरू भएको विवाद अन्ततः दुई पार्टीका कार्यकर्ताहरूबीच झड़पमा परिणत भयो। झड़ुपमा तृणमूलका एक जना पार्षद सहित धेरैजना मानिसहरू घाइते भए। यसको विरोधमा पछि तृणमूल समर्थकहरूले सड़कमा उत्रेर विरोध प्रदर्शन गरे।

यसबीच शीतलकुची विधानसभा क्षेत्रकी भाजपा उम्मेद्वार सावित्री बर्मन माथाभांगा थानाको अगाड़िबाट गइरहेको थिइन्। यस अवधि उनको वाहन सहित अर्को वाहनमा पनि तोड़फोड़ गरिएको आरोप छ। यस घटनापछि स्थिति झन् बिग्रियो। स्थितिलाई नियन्त्रण गर्नको लागि पुलिसलाई कड़ा परिश्रम गर्नुपऱ्यो।

तनाउग्रस्त क्षेत्रमा गए आइतवार रातीदेखि नै केन्द्रिय बल तथा अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ। सोमवार पनि सम्पूर्ण क्षेत्रमा सुरक्षाको कड़ा व्यवस्था गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande