नेशनल हाइवे-19 मा सड़क दुर्घटना, सब्जी व्यापारीको मृत्यु
नेशनल हाइवे-19 मा सड़क दुर्घटना, सब्जी व्यापारीको मृत्यु


अण्डाल, 13 अप्रेल (हि.स.)। सोमवार बिहान नेशनल हाइवे- 19 मा अण्डाल एयरपोर्टको छेउमा भएको एक पीड़ादायी सड़क दुर्घटनामा एकजना सब्जी व्यापारीको मृत्यु भयो भने पिकअप भ्यानमा सवार अन्य व्यवसायीहरू पनि घाइते भए। घटनापछि क्षेत्रमा कोकोहोलो मचियो भने केही समयसम्म यातायात समेत प्रभावित भयो।

प्राप्त जानकारी अनुसार सदा जस्तै सोमवार बिहान पनि सब्जी व्यवसायी दुर्गापुरको सेन मार्केटबाट थोकमा सब्जी किनेर पिकअप भ्यानमा अण्डाल फर्किरहेका थिए। बिहान लगभग 7:30 बजे वाहन अण्डाल एयरपोर्टको छेउमा पुगेपछि अचानक अनियन्त्रित भएर दुर्घटनाग्रस्त भयो। यस भयानक दुर्घटनामा एकजना सब्जी बिक्रेताको मृत्यु भयो भने अन्य केही मानिसहरू घाइते भए।

घटना बारे सूचना पाउनसाथ अण्डाल थाना पुलिस र ट्राफिक विभागको टीमले तुरून्तै घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्य शुरू गऱ्यो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ती गरिएको छ।

दुर्घटनापछि सड़कमा खैलाबैला मचियो जसलाई पुलिसले नियन्त्रण गर्दै यातायातलाई सामान्य बनाउने प्रयास गऱ्यो। प्रारम्भिक जाँचमा वाहनको द्रूत गति तथा तकनिकी खराबीलाई दुर्घटनाको कारण मानिँदैछ। तथापि पुलिसले सम्पूर्ण मामिलाको गहन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande