असमिया जीवनको लागि नयाँ आशाको सन्देश लिएर आउनेछ रंगाली बिहू: दिलीप सैकिया नयाँ आश
असमिया जीवनको लागि नयाँ आशाको सन्देश लिएर आउनेछ रंगाली बिहू: दिलीप सैकिया नयाँ आश


गुवाहाटी, 13 अप्रेल (हि.स.)। असममा बैशाख महिनालाई एउटा ऋतु मात्र नभएर असमिया समाजको जीवनधारा र आशाको प्रतीक मानिन्छ। यसै पावन अवसरमा असमिया नववर्ष औ रंगाली बिहू पूर्ण उत्साह औ उमंगको साथमा मनाइँदैछ।

रंगाली बिहू र असमिया नववर्षको अवसरमा असम प्रदेश भारतीय जनता पार्टी (भाजपा)- का अध्यक्ष दिलीप सैकियाले राज्यका सबै मानिसहरूलाई हार्दिक शुभकामना दिएका छन्। उनले हरे जाति, धर्म, भाषा औ समुदायका मानिसहरूको सुख,शान्ति र समृद्धिको कामना गरे।

पार्टी मुख्यालय अटल बिहारी वाजपेयी भवनबाट जारी आफ्नो सन्देशमा सौकियाले भने, रंगाली बिहू जस्तै असमका मानिसहरूको जीवन पनि रंगहरूले भरियोस्।उनले आशा व्यक्त गरे, यो पर्वले समाजमा नयाँ भर्जा सञ्चार गर्नेछ अनि मानिसहरूमाझ एकता, उल्लास र समृद्धिलाई प्रेरित गर्नेछ।

भाजपा प्रदेश अध्यक्षले आफ्नो सन्देशमा यो पनि भने, नयाँ वर्षले सबैको लागि सुस्वास्थ्य, खुशियाली तथा प्रगति लिएर आओस्। साथै उनले ईश्वरसित प्रार्थना, असममा शान्ति, सौहार्द र विकासको वातावरण कायम रहोस्। राज्य निरन्तर प्रगति पदमा अग्रसर होस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande