साहित्य अकादमी पुरस्कार विजेता प्रोफेसर अफ प्र्याक्टिस नियुक्त
साहित्य अकादमी पुरस्कार विजेता प्रोफेसर अफ प्र्याक्टिस नियुक्त


गुवाहाटी, 13 अप्रेल (हि.स.)। साहित्य अकादमी पुरस्कारद्वारा सम्मानित प्रख्यात असमिया साहित्यकार अनुराधा शर्मा पुजारीलाई महापुरुष श्रीमन्त शंकरदेव विश्वविद्यालयमा प्रोफेसर अफ प्र्याक्टिसको रूपमा नियुक्त गरिएको छ।

आधिकारिक सूत्र अनुसार विश्वविद्यालयले असमिया साहित्य र पत्रकारिताको क्षेत्रमा उनको महत्वपूर्ण योगदानलाई मध्यनजर गर्दै उनलाई यो सम्मानजनक शैक्षणिक दायित्व सुम्पिएको हो। उनको अनुभव र व्यावहारिक ज्ञानबाट विश्वविद्यालयको शैक्षणिक माहोललाई समृद्ध बनाउने आशा व्यक्त गरिएको छ।

अनुराधा शर्मा पुजारी एक चर्चित लेखिका औ पूर्व सम्पादक हुन् जसले समकालीन असमिया साहित्यलाई नयाँ दिशा दिएकी छन्। उनी विश्वविद्यालयसित उनी जोड़िनाले विद्यार्थीहरूलाई सम्वाद, व्याख्यान र मार्गदर्शनको माध्यमबाट लाभ प्राप्त हुने सम्भावना छ।

विश्वविद्यालय प्रशासनले विश्वास व्यक्त गरेको छ, उनको अनुभवले विद्यार्थीहरूलाई प्रेरित गर्नेछ अनि संस्थानको शैक्षणिक तथा सांस्कृतिक गतिविधिहरूले नयाँ आयाम पाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande