
हुगली, 13 अप्रेल (हि.स.)। विधानसभा चुनाउबीच श्रीरामपुर सीटबाट भाजपा उम्मेद्वार भास्कर भट्टचार्यको चुनावी हलफनामाले उनको सादगी, पारदर्शिता औ सन्तुलित जीवनशैलीलाई उजागर गरिदिएको छ। श्रीरामपुरसित गहिरो सम्बन्ध रहिआएको भट्टचार्यलाई एकजना अनुभवी अधिवक्ता र कर्पोरेट पृष्ठभूमि भएको उम्मेद्वारको रूपमा चिनिन्छ।
भास्कर भट्टचार्यको शैक्षणिक पृष्ठभूमि पनि उच्चकोटिको छ। उनले श्रीरामपुर कलेजबाट बी.कम (ऑनर्स), सुरेन्द्र नाथ ल कलेजबाट एलएलबी औ कोलकाताबाट व्यवसाय प्रबन्धनमा स्नातकोत्तरको डिप्लोमा प्राप्त गरेका छन्। पावर फाइनेन्स कर्पोरेशन लिमिटेडमा स्वतन्त्र निदेशकको रूपमा उनको अनुभवले उनको प्रशासनिक कौशललाई पनि दर्शाउँछ।
हलफनामा अनुसार उनको आयमा पछिल्लो केही वर्षदेखिको उतार-चढ़ाउ आइरहेको भए पनि समग्र रूपमा उनको आर्थिक स्थिति स्थिर रहेको छ। वर्ष 2020-21 मा लगभग 3 लाख रुपियाँको आय वर्ष 2023-24 मा बढ़ेर लगभग 19.5 लाख रुपियाँसम्म पुगेको छ भने वर्ष 2024-25 मा यो घटेर लगभग 16 लाख रुपियाँमा पुगेको छ। उनकी पत्नी सुपर्णा भट्टचार्यको आय सीमित छ जसले एक सामान्य मध्यमवर्गीय पारिवारिक पृष्ठभूमिलाई दर्शाउँछ।
सम्पत्तिको दृष्टिले भास्कर भट्टचार्यको मोठ घोषित सम्पत्ति लगभग 1.53 कड़ोर रुपियाँ छ जसमा लगभग 92 लाख रुपियाँको चल सम्पत्ति र लगभग 61 लाख रुपियाँको अचल सम्पत्ति सामेल छ। ब्यांक जमा, म्यूचुअल फण्ड निवेश, एक निजी वाहन र सीमित सुन उनको चल सम्पत्तिको अंग हो भने श्रीरामपुरस्थित फ्ल्याट र एक व्यावसायिक कक्ष उनको अचल सम्पत्तिहरूमा प्रमुख छन्।
देनदारीको कुरा गर्नु हो भने उनीमाथि लगभग 96 हजार रुपियाँ कारको ऋण छ। यस अतिरिक्त कुनै पनि प्रकारको ऋण छैन। यसले उनको वित्तीय पारदर्शिता र अनुशासनलाई दर्शाउँछ।
आपराधिक रेकर्डको सन्दर्भमा हलफनामामा एउटा सामान्य मामिला दर्ता छ जसमा अहिलेसम्ममा न त कुनै आरोप तय भएको छ न कुनै सजाय भएको छ।
समग्रमा भास्कर भट्टचार्यको हलफनाले एकजना यस्तो उम्मेद्वारकको तस्वीर पेस गर्छ जसको छवि स्वच्छ र अपेक्षाकृत विवादमुक्त छ। चुनावी मैदानमा यो प्रोफाइलले मतदाताहरूलाई कतिसम्म प्रभावित पार्नसक्छ, त्यो आगामी समयले निर्धारण गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा