
हुगली, 13 अप्रेल (हि.स.)। तारकेश्वरमा भाजपा प्रत्याशी सन्तु पानलाई लिएर टाँसिएको ब्यांग्यात्मक पोस्टरहरूको कारणले राजनीतिक माहोल तातिएको छ। यस मुद्दालाई लिएर विरोध दर्ता गराउनको लागि गए आइतवार राती प्रत्याशी पान तथा पार्टी नेतृत्वले एक प्रेस कन्फ्रेन्स आयोजना गरे।
प्रेस कन्फ्रेन्समा सन्तु पानले आरोप लगाए, उनको छविलाई धमिल्याउनको लागि सुनियोजित ढंगमा यस किसिमको आपत्तिजनक तथा व्यंग्यात्मक पोस्टर टाँसिएको हो। उनले भने, “यो मेरोविरूद्ध मात्र नभएर लोकतान्त्रिक व्यवस्थामाथि सोझो प्रहार हो। विपक्षको त्रासपूर्ण राजनीतिको यो एउटा उदाहरण हो।”
यस मामिलामा उनले सोझै सत्ताधारी तृणमूल कंग्रेसलाई लक्षित गरे। तथापि तणमूल कंग्रेसले यी आरोपहरूलाई पूर्ण रूपले खारेज गरिदिएको छ।
सन्तु पानले अझ भने, यस सम्पूर्ण मामिलालाई लिएर प्रशासनसित सिकायत गरिनेछ अनि दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने माग गरिनेछ। साथै उनले आफ्ना कार्यकर्ता अनि समर्थकहरूलाई शान्ति कायम राख्ने अपील गर्दै लोकतान्त्रिक ढंगमा संघर्षलाई जारी राख्ने सन्देश दिए।
यस पोस्टर विवादको कारणले तारकेश्वरको राजनीतिक माहोलमा फेरि चर्को बयानबाजी शुरू भएको छ जसबाट आगामी चुनाउअघि क्षेत्रमा तनाउ अझ बढ़्ने सम्भावना व्यक्त गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा