
सिलगढ़ी, 13 अप्रेल (हि.स.)। माटीगाड़ा-नक्सलबाड़ी विधानसभा क्षेत्रबाट तृणमूल कंग्रेसका उम्मेदवार शंकर मालाकारले चिया बगान क्षेत्रमा व्यापक रूपमा चुनाउ प्रचार गरे। चिया श्रमिकहरूमाझ पुगेर उनले केन्द्रको कथित असहयोगिताको मुद्दा उठाए।
सोमवार बिहान नक्सलबाड़ी चिया बगानमा भएको प्रचारमा उनीसित आईएनटीटीयूसीका जिल्ला अध्यक्ष निरजल दे, एसटी ब्लक अध्यक्ष अजय उराँव, मोहम्मद शमशेर समेत अन्य नेताहरू उपस्थित थिए। यस अवदि उम्मेद्वारले राज्य सरकारका विकास कार्यहरूको उल्लेख गर्दै मानिसहरूसित भोटको अपील गरे।
शंकर मालाकारले आरोप लगाए, केन्द्र सरकारका बाधाहरूको कारणले राज्यको ‘चिया सुन्दरी’ जस्ता योजनाहरूको लाभ श्रमिकहरूसम्म पुग्न सकिरहेको छैन। उनले भने, ममता ब्यानर्जीको नेतृत्वमाथि भरोसा गर्दै चिया बगानका श्रमिकहरूले यसपालि तृणमूलको पक्षमा सय प्रतिशत मतदान गर्नेछन्।
उनले यो पनि भने, प्रधानमन्त्रीको चुनावी प्रचारको प्रभाव उल्टो पर्नेछ, यसबाट तृणमूलको भोट अझ बढ़्नेछ। यस सीटमा तृणमूलको अन्य कोही प्रतिद्वन्द्वि छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा