
खरसाङ, 13 अप्रेल (हि.स.)। खरसाङ गिद्ध पहाड क्षेत्रमा पहिले नै धेरै विकासका कार्यहरु गरिसकेको छु र यस क्षेत्रमा म अधिकारले भोट माग्न सक्छु। तर अरुले केही काम नै गरेको छैन र कुन मुखले भोट माग्न सक्छन्। उक्त कुरा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष एवं जीटीए प्रमुख अनित थापाले भनेका हुन्।
उनले 29 नम्बर खरसाङ गिद्ध पहाड समष्टिको गौरी शंकरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने, कार्यकर्ताहरुलाई टर्च लाइटमा भोट हाल्नुहोस् भनिरहनु पर्दैन। तर, तपाईहरु गाउँमा गएर जनतालाई टर्च लाइटमा भोट हाल्न सम्झाउनु र बुझाउनुपर्छ।' उनले अघि भने, 'यो चुनाउ अमित थापालाई जिताउनु होइन। अमर लामालाई मात्र जिताउनु होइन, तर आफ्नो आफ्नो ठाउँलाई जिताउने हो।
थापाले भने, विपक्षले काम गर्नुभन्दा अर्काको कामको भूल देखाएर राजनीति गर्छ। काम चै केही गरेको छैन, तर समस्या देखाएर भोट माग्छ। कमानको समस्या देखाएर भोट माग्छ। तर समस्या समाधान गर्न अनित थापा निस्केको हो। खरसाङ गिद्ध पहाड क्षेत्रमा 90 प्रतिशत काम भइसकेको। 2012 अघि गिद्ध पहाड क्षेत्र कस्तो थियो र अहिले कस्तो छ, त्यो विचार गर्नुहोस्। अब यस क्षेत्रका जनताले काम गर्नेलाई भोट दिने कि काम नगर्नेलाई, निर्णय गर्नुपर्छ।
अनित थापाले अझ भने, म बंगाल सरकारसित मिलेर काम गरिरहेको छु। जनताको समस्या समाधानको लागि सरकारसित मिल्नुपर्छ। तर विगतमा जसलाई जिताउनु भयो धन्यवाद भन्न पनि आएन। काम पनि केही गरेको छैन। तर फेरि भोट माग्नु चै आउँछ।' उनले भने, पञ्चायत व्यवस्था फर्काउने म हुॅं। पञ्चायत व्यवस्था आएपछि गाउँ घरमा विकास भएको छ। मैले जमीनको पट्टा दिने भन्दा सबैले नक्कली भनेर अस्वीकार गरे।
हिन्दुस्थान समाचार / हनोक