भागोप्रमोको पूर्व उपाध्यक्ष र सल्लाहकारसहित तीनजना भाजपामा सामेल
भागोप्रमोको तीनधारे महानदी समष्टिको पूर्व उपाध्यक्ष र सल्लाहकारसहित तीनजना भाजपामा सामेल


खरसाङ, 13 अप्रेल (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिका पूर्व उपाध्यक्ष कुमार छेत्री, समष्टिका सल्लाहकार तथा सिमरिङ बुथ कमिटीका अध्यक्ष डीबी सुब्बा र श्याम थापा भारतीय जनता पार्टीमा सामेल भएका छन्। उनीहरूले आज खरसाङस्थित भाजपा कार्यालयमा पार्टीको झण्डा समाए।

प्रधानमन्त्री नरेन्द्र मोदीको “सबका साथ, सबका विकास, सबका विश्वास” को नीति तथा राष्ट्रिय उत्थानको उद्देश्यबाट प्रेरित भई उनीहरू भाजपामा प्रवेश गरेको बताइएको छ। यस अवसरमा भाजपा तीनधारे महानदी मण्डल अध्यक्ष उमेश प्रधान, दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद, जिल्ला सोशल मिडिया प्रभारी चन्दन प्रसाद तथा मण्डल महासचिव दिपराज माझी उपस्थित थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande