बिन्ध्या सिञ्चुरी भाजपा सिक्किमबाट निष्कासित, डीपीएचका मतदाताहरूलाई भ्रमित नहुन आग्रह
बिन्ध्या सिञ्चुरी भाजपा सिक्किमबाट निष्कासित


गान्तोक, 13 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले भारतीय जनता युवा मोर्चा (बीजेवाईएम) की महासचिव बिन्ध्या सिञ्चुरीलाई पार्टीको पद तथा प्राथमिक सदस्यताबाट निष्कासित गरेको छ। सिञ्चुरीलाई पार्टी विरोधी गतिविधिहरूको आरोपमा निष्कासित गरिएको छ।

भाजपा सिक्किमका महासचिव अर्जुन राईले आज राजधानीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बीजेवाईएम महासचिव बिन्ध्या सिञ्चुरीलाई पार्टीको पद तथा प्राथमिक सदस्यताबाट निकाषित गरिएको बताए। सिञ्चुरी पार्टी विरोधी गतिविधिमा संलग्न रहेकाले उनलाई निष्कासित गरिएको उनले स्पष्ट पारे।

बीजेवाईएम महासचिवलाई निकाल्नुका कारणमाथि बोल्दै उनले राज्यमा प्रस्तावित शहरी स्थानीय निकाय चुनाउ सत्तारुढ़ एसकेएम र भाजपा मिलेर लडिरहेको बताए। यस क्रममा गान्तोक नगर निगमको डीपीएच वार्डमा भाजपाले सृजना छेत्रीलाई उम्मेदवार बनाएको उनले जानकारी गराए। तर, भाजपाकै कार्यकर्ता भएर बिन्ध्या सिञ्चुरीले स्वतन्त्र उम्मेदवारको रूपमा डीपीएच वार्डबाट नामाङ्कन बुझाएको उनले जानकारी गराए।

महासचिव राईले सिञ्चुरीलाई सम्झाउने बुझाउने धेरै प्रयास गरिएको, तर उनी नमानेपछि अन्तत: पार्टीले उनलाई निष्कासित गर्ने निर्णय लिएको बताए। उनले डीपीएच वार्डका मतदाताहरूलाई सृजना छेत्री भाजपा उम्मेदवार रहेको जानकारी गराउॅंदै छेत्रीलाई भोट दिएर विजय बनाउने अनुरोध गरे। यस अतिरिक्त, उनले यदि कसैले हामी पनि भाजपाबाटै आएका हौं भनी भोटको निम्ति अपील गरे मतदाताहरूलाई भ्रमित नहुन आह्वान गरे।

उल्लेखनीय छ, बिन्ध्या सिञ्चुरी डीपीएच वार्डकी पूर्व पार्षद हुन्। उनी भाजपाको टिकटमा चुनाउ जितेर पार्षद निर्वाचित बनेकी थिइन्। तर, यस पाली भाजपाले उनको सट्टामा सृजना छेत्रीलाई उम्मेदवार बनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande