साइबर फ्रड ठूलो चुनौती बन्दै, एक व्यक्तिले 52 लाखभन्दा धेरै गुमाए
cyber crime


गान्तोक, 13 अप्रेल (हि.स.)। प्रविधिले मानिसहरूको जीवनलाई धेरै सहज बनाएको छ। तर, सावधानी नअपनाइए यसले ठूलो संकट पनि लिएर आउॅंछ। साइबर फ्रड वर्तमानमा सबैभन्दा ठूलो चुनौती बनेको देखिन्छ। साइबर अपराधीहरूको चपेटमा परेर मानिसहरूले दिनहुॅं आफ्नो कमाई गुमाइरहेका छन्। यस्ता घटनाहरू कम हुनुका सट्टा दिनदिनै बढ्ने क्रम जारी छ।

मङ्गन जिल्लाका एक व्यक्ति साइबर फ्रडको शिकार भएका छन् र लाखौं रूपियॉं गुमाएका छन्। पीडित व्यक्ति धेरै उच्च नाफाको लोभमा फसेर शेयरमा पैसा निवेश गरे। उनले चेकलगायत युपीआईमार्फत 52 लाखभन्दा धेरै पैसा निवेश गरे। तर, पछि उनको ट्रेडिङ अकाउण्ट नै बन्द भयो। त्यसपछि, उनले आफु ठगीको शिकार भएको थाहा पाए। उनले एनसीआरपी पोर्टलमार्फत शिकायत दर्ता गराए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande