बाबा साहेबले सदैव समाजका पछौटे र वञ्चित वर्गलाई मुख्यधारामा ल्याउन सङ्घर्ष गरे: राज्यपाल
om prakash mathur


पाकिम, 13 अप्रेल (हि.स.)। राज्यपाल ओम प्रकाश माथुरले भारत रत्न डा. भीमराव अम्बेडकरको 135औँ जयन्तीको अवसरमा आफ्नो सन्देश प्रेषित गरेका छन्।

आफ्नो सन्देशमा राज्यपालले भने, “संविधानका शिल्पकार र सामाजिक न्यायका पुरोधा, भारत रत्न डा. भीमराव अम्बेडकरको 135औँ जयन्तीको अवसरमा सिक्किमवासीलाई शुभकामना प्रेषित गर्दछु। राष्ट्रको प्रगति पूरा समाज एकजुट भएर कार्य गर्‍यो भने मात्रै हुन्छ भन्ने बाबा साहेबको धारणा रहेको थियो। एक समावेशी समाजको निर्माणप्रति उनको अथक प्रयास उनको प्रतिबद्धताको अनुपम उदाहरण हो।

राज्यपालले भने, 'बाबा साहेबले सदैव समाजका पछौटे र वञ्चित वर्गलाई मुख्यधारामा ल्याउन सङ्घर्ष गरेको उनले बताए। “बाबा साहेबको योगदानले भारतीय समाजमा समता, ममता र एकता स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। हाम्रो राज्य सिक्किम विविध संस्कृतिको घर हो, जहाँ हरेक समुदाय आफ्नो विशेष संस्कृति, भाषा र परम्पराका साथ सद्भावपूर्ण ढङ्गमा बस्छन्। यो विविधता हाम्रो सबैभन्दा ठूलो शक्ति हो। यस विशेष पहिचानलाई थप अधिक मजबुती प्रदान गर्न हामी बाबा साहेबका आदर्शलाई आफ्नो दैनिक जीवनमा आत्मसात गर्नुपर्छ।”

राज्यपालले सबै नागरिकसित मिलेर बाबा साहेबका आदर्शलाई आफ्नो जीवनमा आत्मसात गर्न, सामाजिक समरसतालाई बढ़ावा दिन र संविधानमा निहित मूल्यको रक्षा गर्न आग्रह गरेका छन्। उनले सबै मिलेर बाबा साहेबका सपनाको भारतको निर्माणमा योगदान दिऔँ-एक यस्तो भारत जुन न्यायपूर्ण, समतामूलक र सबैका लागि अवसरले परिपूर्ण होस् भनी आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande