लाचेनबाट 44 वटा सवारी साधन लाचुङतर्फ प्रस्थान
लाचेनबाट 44 वटा सवारी साधन लाचुङतर्फ प्रस्थान


मङ्गन, 13 अप्रेल (हि.स.)। उत्तर सिक्किमको लाचेनमा फसेका सवारी साधनहरूलाई निकाल्ने क्रम जारी रहेको छ। यस क्रममा आज, सोमवार कुल 44 वटा सवारी साधनलाई निकालिएको छ, जसमा 24 वटा पर्यटक, 17 वटा निजी, 2 वटा सरकारी तथा एउटा ठूलो सवारी साधन सामेल छन्। उक्त सवारी साधनहरूले आज डोङ्क्या ला पास भएर लाचुङतर्फ प्रस्थान गरेको मङ्गनका पुलिस अधीक्षक एलबी छेत्रीले जानकारी गराएका छन्।

सवारी साधनहरूको निकासी कार्य पुलिस अधीक्षक छेत्रीको मार्गदर्शन र देखरेखमा तथा भारतीय सेना, बीआरओ, आईटीबीपी, जिल्ला प्रशासन, लाचेन जुम्सा, चालक संघ, पर्यटन हितधारकहरू र लाचेनको जनताको समन्वित प्रयासमा सञ्चालन गरिएको थियो।

उल्लेखनीय छ, चुङथाङ लाचेन मार्ग पैह्रोले अवरोध उत्पन्न भएपछि लाचेनमा पर्यटकहरूका साथै सवारी साधनहरू फसेका थिए। केही दिनअघि पर्यटकहरूलाई निकाल्ने कार्य गरिएको छ भने सवारी साधनहरूलाई निकाल्ने क्रम जारी रहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande