मेदिनीपुरमा स्टार प्रचारकहरूको आगमनबाट चुनावी समरले पायो गति
मेदिनीपुरमा स्टार प्रचारकहरूको आगमनबाट चुनावी समरले पायो गति


मेदिनीपुर, 13 अप्रेल (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लामा गए आइतवार चुनावी गतिविधि चरममा पुगेको थियो। विभिन्न विधानसभा क्षेत्रहरूमा राजनीतिक दलहरूका वरिष्ठ नेताहरूसँगसँगै फिल्मी हस्तिहरूको उपस्थितिबाट सम्पूर्ण क्षेत्र चुनावी रंगमा रंगिएको देखियो।

कांथी र नन्दकुमार क्षेत्रमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनसभाहरूलाई सम्बोधन गर्दै विपक्षमाथि धारिलो प्रहार गरे। उनले राज्यको कानून-व्यवस्था तथा विकासको मुद्दामा प्रश्न उठाउँदै भने, “अराजकता फैलाउनेहरूमाथि कड़ा कारबाही गर्न आवश्यक छ।”

अर्कोतिर तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले मोयना र केशपुरमा आयोजित चुनावी सभाहरू मार्फत कार्यकर्ताहरूमा जोश भरिदिए। उनले भने, पार्टीले हरेक क्षेत्रलाई आफ्नो लोकसभा क्षेत्रलाई जस्तै मजबुत एवं सुरक्षित राख्नेछ साथै विकास कार्यहरूलाई अझ तीव्रता दिनेछ।

डेबरा, सबंग औ एगरा क्षेत्रमा टलीवुडका चर्चित हस्तिद्वय कोयल मलिक र रचना ब्यनर्जी पनि प्रचार मैदानमा उत्रे। दुवै अभिनेत्रीहरूको रोड शो र जनसभाहरूमा व्यापक भीड़ देख्न पाइयो। उनीहरूले सरकारका जनकल्याणकारी योजनाहरूको उल्लेख गर्दै विकाको नाममा भोट दिने अपील गरे।

यसबीच दाँतन विधानसभा क्षेत्रको मोहनपुरमा भाजपा उम्मेद्वार अजित जानाको समर्थनमा पनि ठूलो चुनावी कार्यक्रम आयोजना गरियो जहाँ अभिनेता मिथुन चक्रवर्तीको रोड शोलाई लिएर व्यापक उत्साह देखियो।

आइतवार बिहानदेखि अबेर रातीसम्म लगातार रोड शो र पार्टीका स्टार प्रचारकहरूको उपस्थितिले सम्पूर्ण क्षेत्र रोमाञ्चक बनेको देखियो। अबेर रातीसम्म प्रशासनले नाका जाँचसँगैसँगै वाहनहरूलाई रोकेर विशेष जाँच अभियानलाई जारी राख्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande