'शेप अफ् मोमो' लाई चेन्नईको पाँचौं पीके रोजी फिल्म फेस्टिभलमा उत्कृष्ट फिक्शन फिल्म पुरस्कार
'शेप अफ् मोमो' लाई चेन्नईको पाँचौं पीके रोजी फिल्म फेस्टिभलमा उत्कृष्ट फिक्शन फिल्म पुरस्कार


गान्तोक, 13 अप्रेल (हि.स.)। सिक्किमकी फिल्म निर्माता त्रिवेणी राईको डेब्यू फिचर फिल्म 'शेप अफ् मोमो' लाई चेन्नईमा आयोजित पीके रोजी फिल्म फेस्टिभलको पाँचौं संस्करणमा उत्कृष्ट फिक्शन फिल्मको पुरस्कार प्रदान गरिएको छ। 12 अप्रेलमा महोत्सवको समापन समारोहमा पुरस्कार घोषणा गरिएको थियो।

पीके रोजी फिल्म फेस्टिभलको स्थापना र आयोजना फिल्म निर्माता पा रञ्जितले चेन्नईमा रहेको आफ्नो नीलम कल्चरल सेन्टर मार्फत गरेका हुन्। यसको नाम एक दलित अभिनेत्री पीके रोजीको नाममा राखिएको छ, जो मलयालम फिल्ममा अभिनय गर्ने पहिलो महिला थिइन्।

निर्देश त्रिवेणी राईले भनिन्, 'यो फिल्म महोत्सव धेरै अर्थमा महत्वपूर्ण रहेकाले हाम्रो टोली यो पुरस्कार पाउँदा धेरै खुशी र सम्मानित महसुस गर्दछ। पीके रोजी फिल्म फेस्टिभल एउटा महत्त्वपूर्ण प्लेटफर्म हो, जसले दलित र सीमान्तकृत आवाजहरूलाई बढावा दिन्छ र यहाँ चिन्हित हुनु हाम्रो लागि ठूलो अर्थ राख्छ।'

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande