
राजगढ़, 13 अप्रेल (हि.स.)। मध्य प्रदेशको राजगढ़ जिल्लाको ब्यावरा थाना क्षेत्रमा बस्ने 38 वर्षीया महिलाले आफूभन्दा दश वर्ष कान्छो पुरुषले विवाहको सपना देखाएर बलात्कार गरेको आरोप लगाएकी छन्। महिलाको उजुरीको आधारमा पुलिसले सोमवार मुद्दा दर्ता गरेको छ।
पुलिस अनुसार, महिलाले जेपला गाउँका दयाराम गुर्जरका छोरा 28 वर्षीय चेतरामले विगत पाँच वर्षदेखि विवाहको आश्वासन दिएर शोषण गर्दै आएको आरोप लगाएकी छन् तर अहिले उनीसँग विवाह गर्न अस्वीकार गरेर भागेको बताइएको छ। पीड़िता आफ्नो पतिबाट अलग्गै बस्दै आएकी र तीन सन्तानकी आमा भएको बताइएको छ। उजुरीको आधारमा पुलिसले आरोपी विरुद्ध धारा 69 बीएनएस अन्तर्गत मुद्दा दर्ता गरी आरोपीको खोजी शुरु गरेको छ। अभियुक्तलाई छिटो पक्राउ गर्न र न्यायिक प्रक्रिया अगाड़ी बढ़ाउन पुलिस टोलीले सम्भावित लुक्ने ठाउँहरूमा छापा मारिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी