
मालदा, 14 अप्रेल (हि. स.)। पश्चिम बंगाल चुनाउ- 2026 लाई केन्द्र गर्दै आयोजना गरिएको कंग्रेस नेता राहुल गान्धीको जनसभामा जन समुद्र उर्लिएको कारणले निकै हलचल मचियो। मालदा जिल्लान्तर्गत चांचलको कलम बगानमा 12 वटा विधानसभा सीटबाट चुनाउ लड़िरहेका कंग्रेस उम्मेद्वारहरूको समर्थनमा यो सभा मगंलवार आयोजना गरिएको थियो।
राहुल गान्धी आइपुग्न अगावै सभास्थल पूर्ण रूपमा भरिसकेको थियो भने मानिसहरू आउने क्रम पनि लगातार जारी थियो। स्थिति त्यसबेला अनियन्त्रित भयो जतिबेला महिलाहरू बस्ने आरक्षित ठाउँमा ठूलो संख्यामा पुरूषहरू बसे। यसले गर्दा त्यहाँ उपस्थित महिलाहरूमा असुरक्षाको भावना उत्पन्न भयो। भीड़को दबावले गर्दा केही महिलाहरूलाई सभास्थल छोड़ेर बाहिरिन पऱ्यो। जनसमुद्र उर्लिएको कारणले पुलिसको लागि व्यवस्थालाई कायम राख्न ठूलो चुनौती भयो। प्रशासनसितै पार्टीका स्वयंसेवकहरू पनि स्थितिलाई नियन्त्रण गर्न जुटेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा